मन्तव्य दिँदादिँदै राष्ट्रपति भण्डारी भावुकभै झारिन आँशु

 काठमाडौं चैत्र २९,

राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य सम्बन्धि एक कार्यक्रममा बोल्ने क्रममा भावुक भएर आँशु झारेकी छिन् । स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्य दिने क्रममा राष्ट्रपति भण्डारी एक्कासी भावुक भएकी हुन् ।

कार्यक्रमको उद्घाटनका क्रममा लिखित मन्तव्य पढ्नेक्रममा राष्ट्रपति भण्डारीले दुर्गम क्षेत्रका सुत्केरीले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थामा रहेका छन् भन्ने क्रममा भावुक बनेकी हुन् । वक्तव्यमा उनले दुर्गम क्षेत्रका महिला सुरक्षीत तवरले सुत्केरी हुन सकिरहेका छैनन्, मुस्किलले सुत्केरी भए पनि सालनाल ननिस्केर मृत्युबरण गर्नुपर्ने अवस्था रहेको बताएकी थिइन् । उक्त कुरा बोल्ने क्रममा भावकु बनेकी राष्ट्रपति भण्डारीले केही समयपछि सम्हालिँदै पुन मन्तव्य पुरा गरेकी थिइन् ।

कार्यक्रममा भण्डारीले अनुसन्धानबाट स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई सामाजिक सम्पदाका रुपमा विकास गरिनुपर्नेमा जोड दिइन् ।

‘संविधानसभाबाट जारी भएको संविधानमा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा निःशुल्क रुपमा दिने व्यवस्था गरिएको छ, भौगोलिक विविधता, यातायातको असुविधा लगायत समस्याका बाबजुद गाउँ गाउँसम्म जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याइनुपर्छ’, उनले भनिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com