इलाम बैशाख २,
बैसाखी टेकेर मञ्चमा पुगेकी नीलिमा ढुंगानाले बैसाखी छोडेर एक खुट्टाले नाच्दै दर्शकलाई चकित पारिन् । सदरमुकाममा सञ्चालन भइरहेको इलाम पर्यटन महोत्सवको दोस्रो दिन बुधबार उनले नृत्य गर्दै दर्शकको मन जितिन् ।
मोरङ दुलारीकी नीलिमाको एउटा खुट्टा छैन । तर उनले ‘रेली खोला बगर’ बोलको गीतमा छमछम नाचिन् र इलामे कलाप्रेमीको मन जितिन् ।
महोत्सवको अवसरमा राँके बजार, कन्यामलगायतका स्थानमा समेत सांगीतिक कार्यक्रम भएको छ । नयाँ वर्षको अवसरमा इलाममा पर्यटकको चहलपहल बढेको छ ।
इलाम उद्योग वाणिज्य संघको महिला उद्यमी विकास इकाइ र पर्यटन प्रवद्र्धन सरोकार समिति इलामले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् ।
नयाँ वर्ष २०७३ को अवसरमा आयोजित महोत्सवले उद्योगी, व्यापारीको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने र इलाममा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएको छ । वाणिज्य संघको महिला इकाइले विगत वर्षहरूमा स्थानीय उत्पादनलाई जोड दिए पनि यस वर्षदेखि पर्यटनलाई समेत अगाडि बढाउने लक्ष्य लिएको आयोजक महिला इकाइकी अध्यक्ष दिव्या भट्टराईले जानकारी दिइन् ।स्रोत-अन्नपूर्ण;