अमेरिकाले नेपालको सुर्खेतबाट यसरी गर्दैछ चिन बिरुद्ध गुप्तचर...ड्रोन क्यामेरा उडाउने म्य्यागी पक्राउ ..

सुर्खेत, १६ वैशाख ,

सुर्खेत जिल्लामा अनुमतिबिनै ड्रोन क्यामरा उडाउने ‘सिएनएन हीरो’ म्यागी डोयनसहित उनका एक सहयोगी पक्राउ परेका छन् । डोयनलाई काँक्रेविहार जंगलमा ड्रोन क्यामरा उडाइ रहेको अवस्थामा बुधबार साँझ पक्राउ गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक मुन्नी सिंह चौहानको कमाण्डमा गएको टोलीले उनीहरूलाई बुधबार साँझ पाँच बजे पक्राउ गरेको हो ।

क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी माधव नेपाल र जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठ ड्रोन क्यामरासहित पक्राउ परेकी म्यागी डोयन र उनका साथीका विषयमा केही खुलाउन चाहेनन् । उनीहरूले विदेशी नागरिक एकै मात्र भएको बताउँदै सूचना दिनबाट पन्छिएका छन् ।

‘सीएनएन हीरो’ म्यागी डोयन र उनका सहयोगी अमेरिकन नागरिक पुरुष रहेका छन् । ती अधिकारीले विदेशी पुरुषको नाम थाहा नभएको बताए ।

‘म आफै प्रहरी कार्यालय जान्छु, तपाईले पक्राउ गर्नुपर्दैन’, म्यागीको भनाइ उदृत गर्दै उच्च स्रोतले भन्यो, ‘विदेशी पुरुषले मैले चलाएको हुँ, डोयनले निर्देशन दिएकी हुन भनेपछि उनलाई पनि प्रहरी कार्यालयमै पुगाएका हौँ ।’ जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र श्रेष्ठले यसबारेमा मुख खोल्न चाहेनन् । उनले अुनसन्धान भइरहेको छ, पर्खनुहोस् भन्दै पन्छिए ।

सुर्खेत उपत्यकाभित्र रहेका सुरक्षा निकायको भवन र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पनि ड्रोन क्यामरा उडाएको आशंका गरिएको छ । पक्राउ पर्नुअघि डोयनले वीरेन्द्रनगरको रातोपुल र क्षेत्रीय अस्पताल नजिकैको आकाशबाट पनि ड्रोन क्यामरा उडाएको स्थानीयबासीले बताएका छन् ।

तर, उनीहरू त्यो क्षेत्रबाट आधा घण्टामै सबैलाई छल्दै काँक्रेविहार जंगल हानिएका थिए । स्थानीय सञ्चारमाध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई ड्रोन क्यामरा उडाउने व्यक्तिलाई खोज्न आदेश दिएको थियो ।

नेपालको कानुनअनुसार स्थानीय प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामरा उडाउन पाइन्छ । ड्रोन क्यामरा उडाउने अनुमति कसैले नलिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् ।

पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेको खण्डमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने प्रावधान छ । ड्रोनबाट लिइएका तस्बिर र भिडियो सुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने गृहमन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन क्यामरा उडान रोक लगाएको छ । पक्राउ परेका म्याग डोयनलाई प्रहरीले किन नाम खुलाउन चाहेन भन्ने विषयमा प्रहरी अधिकारीहरूमाथि शंका उब्जिएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन् । डोयनसँग अमेरिकन पत्रकार आएकाले ती पत्रकार पनि पक्राउ परेको हुन सक्ने उच्च स्रोतको भनाइ छ ।

स्रोतका अनुसार अमेरिकी नागरिक म्यागी डोयनले आफूसँगै ल्याएका पत्रकार नामधारीहरूलाई सुर्खेत हुँदै चीनविरुद्ध गुप्तचरी गरेको जनाइएको छ । सुर्खेतमा ड्रोन क्यामरा उडाएर चीनसम्मको गतिविधि संकलन गर्न खोजेको स्थानीय उच्च सुरक्षा स्रोतको दाबी छ । म्यागी डोयनसँग फेला परेको ड्रोन क्यामरा अत्यन्तै शक्तिशाली रहेको स्रोतले उल्लेख गरेको छ ।_(स्रोत-दैनिक्नेपल-सुर्खेत सम्वाददाता)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com