काठमाडौं चैत्र २६,
महिना दिनको अन्तरमा हुने रगतश्राव नै महिनावारी हो । सामान्यतः यो २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन वा ७ दिनसम्म हुन्छ ।
पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत खेर जान सक्छ । अर्थात् ३–४ वटा प्याड फेर्नुपर्ने हुन सक्छ । उक्त अवधिभन्दा बढी दिन वा ८० मिलिग्रामभन्दा बढी रगत गए वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ ।
यो अवस्थामा शरीरको रगत धेरै खेर जाने भएकाले उपचार आवश्यक हुन्छ । मेनोरेजियाका कारण धेरै भएकाले यो रोग पत्ता लगाउन केही परीक्षण गर्नुपर्ने हुन सक्छ । धेरैजसो अवस्थामा औषधिको सेवनले नै यसलाई ठीक गर्न सकिन्छ ।
कुनै–कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कसै–कसैलाई परिवार नियोजनका अस्थायी साधन खाने चक्कीले पनि फाइदा गर्छ ।