काठमाण्डौ बैशाख १२,
अमेरिकामा जन्मेर नेपाललाई कर्मभूमि बनाएकी लेखक तथा सामाजिक अभियन्ता वारवरा एडम्सको सोमबार पुशपति आयघाटमा अन्तिम संस्कार गरिने भएको छ। स्वर्गीय एडम्सको इच्छा बमोजिम उनको अन्तिम संस्कार हिन्दू परम्परा अनुसार पशुपति आर्यघाटमा गरिन लागेको वारवरा शान्ति प्रतिष्ठानले जनाएको छ।
अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजानुअघि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ।
अमेरिकाबाट पत्रकारिता सुरु गरेकी एडम्स सन् १९६० मा बेलायती महारानी एलिजावेथ द्वितियाको नेपालको राजकीय भ्रमणको रिपोर्टिङको सिलसिलामा नेपाल आएकी थिइन। नेपाल आएपछि राजा महेन्द्रका भाइ बसुन्धरा शाहसँग विवाह गरेकी थिइन्। तर उनीहरुको विवाहले कानुनी मान्यता पाएको थिएन। एडम्सले ५४ वर्ष अगाडि थर्ड आई टुर्स एण्ड ट्राभल्स कम्पनी स्थापना गरेर नेपालमा व्यवसायिक पर्यटनको सुरुवात गरेकी थिइन्।
उनको मृत्युपछि पूर्वराजा ज्ञानेन्द्र र उनको परिवारले केही वास्ता नगरेको एडम्स निकटस्थ स्रोतले जनाएको छ। नाताले एडम्स पूर्व राजा ज्ञानेन्द्रकी काकी पर्छिन्।
८५ वर्षिया एडम्सको शुक्रबार राजधानीको ग्राण्डी अस्पतालमा निधन भएको थियो।_स्रोत-सेतोपाटी;