रातमा ड्युटी गर्ने पुरुष भन्दा महिलालाई अधिक असर...

 एजेन्सी बैशाख १४,

निन्द्रा जैविक वृत्तिको एउटा महत्वपूर्ण अंश हो । रातमा ड्युटी गर्नेका लागि भने दिउँसो सुत्नुपर्ने हुन्छ । रातमा काम गर्दाका आफ्नै फाइदा र बेफाइदा छन् । रातको समयमा काम गर्ने महिलाको दिमागलाई पुरुषको भन्दा अझै बढी असर गर्ने अध्ययनले देखाएको छ ।

२४ घन्टे जैविक चक्रको प्रभावले पुरुषमा भन्दा महिलाको दिमागको ‘पर्फमेन्स’ बढी देखियो जसका कारण रात्रीकालिन ड्युटी सम्पन्न गरेपछि महिलाको मनोवैज्ञानिक ज्ञानमा केही असर देखिएको थियो ।

‘जैविक क्लकले महिला र पुरुषको पर्फमेन्सलाई छुट्टाछुट्टै असर गरेको देखियो । सिफ्टसँग सम्बन्धित महिलाको मनोवैज्ञानिक कमजोरी र मुड परिवर्तनमा हाम्रो अध्ययनको निष्कर्ष महत्वपूर्ण रहेको छ,’ युनिर्भसिटी अफ सरेका अनुसन्धानकर्ता नयनतार सान्थी भन्छन् ।

रातभरको ड्युटीले महिलालाई भोलिपल्ट बिहान दिमागको ध्यान, सवारी नियन्त्रण, कामको सम्झना लगायतका विषयमा गम्भीर असर गरेको थियो । अनुसन्धान समूहले १६ पुरुष र १८ महिला सहभागीको दिमागको कामको तुलना गरेको थियो । उनीहरुलाई प्राकृतिक प्रकाशबिना २८ घन्टासम्म नियन्त्रित वातावरणमा राखिएको थियो ।
प्रोसिडिङ अफ दी नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित सो अध्ययनले रात्रीकालमा काम गर्ने महिला जस्तै नर्स, सुरक्षाकर्मी र प्रहरी अधिकारीको कामप्रति चासो देखाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com