जन्मदिनको अवसरमा केन्द्रलाई सहयोग

चैत २६

 पुर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई आज एक कार्यक्रमकाबीच खाद्यान्न सहयोग भएको छ।

भरतपुर उपमहानगरपालिका ६अनमोल टोल निवासी आमा मुना अर्याल र अध्ययनको क्रममा अष्ट्रेलियाको ब्रिजवनमा रहनु हुने छोरा मनोज अर्यालको आज एकैदिन परेको जन्मदिनको अवसरमा केन्द्रमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न एंव स्टेशनरी सहयोग गर्नुभएको हो ।

आज विहान मनोज अर्यालका माता पिता खेमराज अर्याल, आमा मुना अर्याल ससुरा तारानाथ रेग्मी र सासु माया रेग्मीको टोली केन्द्रमा पुगी सामाग्री हस्तान्तरण गरेर बालबालीकाहरुसँग सँगसँगै खाना खाई रमाईलो गरि फकिएका थिए । दैनिक सहयोग संकलन गरि गुजारा चलाईने केन्द्रमा खाद्यान्न सकिदै गएको छ।

अब एक हप्तालाई मात्र खाद्यान्न मौज्जात रहेको र त्यसपछि के खुवाउने भन्ने आफुलाई पिरलो रहेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताउनुभयो ।केन्द्रमा हाल १४१ जना चेपाङ बालबालीका आश्रित रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com