काठमाडौं, १६ वैशाख ,
राजधानीमा १८ वर्षीय युवकको हत्या गरेर फरार एक पुरुषलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।
पाँच महिना अघि दिनदहाडै मारिएका गोंगबु-३ बस्ने धादिङ तिप्लिङका १८ वर्षीय युयन तामाङका हत्यारा नुवाकोटको दाङ्सिङ्ग ७ घर भई हाल टोखा बस्दै आएका २३ वर्षीय भेले भन्ने रमेश गधौलीलाई घटना भएको पाँच महिनापछि विहीबार गोंगबुको गणेशथानबाट पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।
गधौलीले गतवर्ष कात्तिक १९ गते गोंगबु–३ बानियाटार जाल्पा चोकमा बाटो छेकी युयन तामाङको टाउकोमा ईट्टा ढुंगा प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि गधौलीलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।_दैनिकनेपल;