जाजरकोट बैशाख ८,
अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै माइती पक्षले जबरजस्ती फर्काएपछि एक किशोरीले आत्महत्या गरेकी छन्।
जाजरकोट, लहँ गाविस-४ की २० वर्षीया सुस्मिता थापाले घरभित्रै झुन्डिएर आत्महत्या गरेको स्थानीयवासी हरिश रावलले जानकारी दिए।
सुस्मिता कक्षा १२ मा भानुभक्त उच्च माविमा अध्ययनरत थिइन्। उनले वैशाख ३ गते डाडागाउँ गाविस-५ का कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थिइन्।
थापालाई माइतीले जबर्जस्ती फर्काएर वैशाख ४ गते माइतीमै ल्याएपछि मंगलबार दिउँसो आत्महत्या गरेको स्थानीयवासीले बताएका छन्।
अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो। रासस