काठमाण्डौ बैशाख ११,
दही पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ । यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ । यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो । तर, धेरै अमिलो हुनुहुँदैंन ।
जानौं दहीका फाइदा :
१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
२.दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।
३. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।
४. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
५. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।
६. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।
७. दहीको सेवन उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।
८. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ ।
९. दहीले सौन्दर्य बढाउन मद्दत गर्छ ।
१०. दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।_स्वास्थ्य खबर;