अमेरिका नेपाली नयाँ वर्षको उल्लास

भर्जिनिया बैशाख १३,

संयुक्त राज्य अमेरिकामा सक्रिय सामाजिक सस्ंथा ‘नमस्कार प्राइड नेपाल’ले तथा विभिन्न संस्थाले नयाँ वर्षका अवसरमा सांगीतिक साँझको आयोजना गरेका छन् ।

नयाँ वर्षको डेढ सातापछि आयोजित ‘नव वर्ष–२०७३ साँस्कृतिक साँझ’मा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिएका छन् । नेपालबाटै कलाकार बोलाएर कार्यक्रमको आयोजना गरिएको कलाकार चक्र विष्टले जनाएका छन् ।

संयुक्त राज्य अमेरिकास्थित मानोसासमा आयोजित कार्यक्रममा महानायक राजेश हमाल, नायक दिलीप रायमझी, गायक राजेशपायल राई, नायिका केकी अधिकारी, नृत्यकार तथा निर्देशक चत्र विष्टलगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

 हाँस्य कलाकार तथा टेलिभिजन प्रस्तोता सन्दीप छेत्रीले उपस्थित सर्वसाधारणलाई पेट मिचिमिची हँसाएका थिए । यसैगरी, भर्जिनियास्थित भिएनामा आयोजित सांस्कृतिक कार्यक्रमका बीच नयाँ वर्षको शुभकामना साटासाट गरिएको छ ।

कलाकार चक्र विष्टका अनुसार उक्त कार्यक्रममा कलाकर्मी दीलिप रायमाझी, मधु क्षेत्री, कुमार बस्नेत, रतन सुवेदीलगायतले उपस्थित नेपालीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । विष्टका अनुसार कार्यक्रममा १ हजारको हाराहारीमा दर्शकको उपस्थिति रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com