कथा ' आमा ' निशा आर्यल

यो पतझड मौसम
पानी सुकेको खोलाको बगर
रितिएका हरियाली सपनाहरू
पिर्य,किन बनायौ मेरा जीवनलाई,
मरुभूमि जस्तो उजाड ।

ऊनी अर्थात् एउटा नारी जोसँग भेट्न् कुनै साइत जुरनु पर्दैन थियोे । उनको उदास अनुहारमा सधा मौनताले बाँस गरेको हुन्छ । मुस्किलले ऊनी बोल्ने गर्छिन, म हु प्रेमलाप कि जिउदो साक्षी । म मानिस हु कि कुनै यन्त्रमानव ? ऊनी सगको पुरा दुई घन्टाको समय अोझेल परिसकेको छ । म छु अनि ऊनी छन्, बन्द कोठा भित्र । मन भित्र पिडाको एउटा माहासागर उर्लिरहेको छ । कहिलेकाही त एस्तो लाग्छ म कुनै वियोगान्तक नाटक हेरिरहेको छु । जाहा मात्र दुई कलाकार र मूर्ख दर्शक छ्न ।

म कोठाबाट बाहिर निस्के, वातावरण घमाइलो छ । मन गुम्फित थियो तर घामको न्यानोले शरीरमा गजबको स्फुर्ती दियो । आख डुलाए, थरी थरीका नारीहरूका गजब गजबको चहल पहल छ, कोही नारी विज्ञापनको साधन बन्न लालयित छ्न त कोही स्वतन्त्रताको गीत गाई रहेकोे छ्न । म पनि त एउटा नारी नै त हु । तर मलाइ मन पर्छ, नारी मुक्तिको गीत । तर मलाई रतिभर मन पर्दैन शरीरको नग्न प्रर्दशन । मेरो मनमा प्रश्न उठने गर्छ, के नारीले प्रदसन गर्ने कुरा केवल शरीर मात्रै हो त ! कल्म नारीको शक्ति बन्दैन ? सत्ताको बागडोर नारीले समाल्दैनन ? नयाँ इतिहास नारीले रच्दैन्न ? यी तमाम प्रश्नको उत्तर अब मैले अरुसग होइन आफैसँग खोज्नु पर्छ, मैले प्रतिज्ञा गरे ।

इतिहासमा
धेरै लेखिए नारीको प्रेम,
र बियोगको कथा
लेखिए उस्का कोमल नयन,
र सौर्न्दर्यका माहाकाब्य
लेखिए उस्का बक्ष स्थलका गुणगान
तर कतै लेखिएन
उसका आँसु र सङ्घर्षका माहागाथा
उसका प्रतिभा र साहासको कथा ।
हुनत पुरुषको हात, उसको दिमाग र कलमले नारीको चरित्र चित्रण पनि गरेको छ, तर एउटा सुन्दरीको रूपमा, एउटी लजालु नारीको रूपमा, एउटा अबला नारीको रूपमा । के नारीको परिचय त्यतिमै सीमित छ र ! हुनत नारी बारे लेखिएका साहित्यले नोबेल पुरस्कार समेत पाए, तर नारीको आफ्नै जीवन भने गुमनाम भैरहयो । यतिबेला म एउटा नारी भएर सोचिरहेको छु । नारी भित्र तेस्तो के छैन र हजुर ! प्रत्येक पुरुषले प्रहिलो स्पर्शको अनुभूतिबाट सधैँ एक प्रकारको आन्नद ग्रहण गर्छ एक पुरुष । यस्तै कति कति पुरुषहरू बासनाको आबेगमा पतनको खाल्डा खुल्डीमा जाकिने गर्छन् तर त्यसको सिकार पनि त नारी बन्छे । कैयौँ दिग्गज भनिएका पुरुष पात्रहरु तिनै नारीलाई मनलाग्दी गिजोल्छ्न र फ़ोहोर कुराहरू बान्ता गर्छ्न।

नारीको जीवन त एक प्रकारको दु:खद सग्राहालय नै हो । मैले आफ्नै जीवनकालमा उनी जस्ता थुप्रै नारीहरूको जीवनलाई नजिकबाट पढ्ने काम हिजो देखि आज सम्म गरिरहेको छु, र पटकपटक आफै आँसु बनेर छ्ताछुल्ल पोखिएको छु ।

ह न जिन्दगी किन यति फरक र जटिल छ, पुस्तकका पाना पानामा पोखिएका नारी र जिन्दगीको रङ्गमन्चमा बाचेकी नारी ? कति फरक जिन्दगीको कथा र नारी जीवन का कथाहरूमा ।

पुस्तकले भन्छ, नारीहरू देवता समान हुन, पूर्वीय दर्शनमा पनि पश्चिम दर्शनमा पनि नारीलाई देवी समान उल्लेख्य गरिएको छ।
हेर्नुस् त, सेक्सपियरका नारी पात्र डेटिस्मोना, पोसिया, जुलियट ।

हेर्नोस त,कालिदासका नारी पात्र उबसी,सकुन्तला

हेर्नुस् त, इटालिका लियोनार्दोदाले कोरेको मोनालिसाको बिस्वबिख्यात तस्बिर जाहा एउटा मुस्कान ले कति धेरै अर्थ राखेको छ । यसरी पुस्तकका पानामा पुजनिय ठानिएको नारी वास्तविक जीवनमा किन अपहेलित ? पुस्तकका पानामा प्रेम कि प्रतिमुर्ति नारी जीवनमा कसरी घृणा कि पात्र ?
यो छुद्र संसारले रचेको षड्यन्त्रको जाल मैले जब बुझे तब देखि म होमिएको छु, मुक्तिको यात्रामा ।

तिम्रो हर षड्यन्त्रका दस्ताबेजमा
मैले चुपचाप दस्तखत गर्दै रहे
तिम्रो हर बासनाको आगोमा,
म पुतली जस्तै होमिदै रहे
मैले आफ्नै जीवनलाई छामे धेरै चोटि
मैले आफ्नै जीवनलाई पढे कति कति
अह!
अब चल्दैन तिम्रो मनपरि शासन
अब चल्दैन !
तिम्रो कुटिल दाउपेच
यसरी होमिए म
नारी मुक्तिको एउटा माहा अभियानमा !

निशा आर्यल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com