अपहरण निर्मलाको सकुशल उद्धार

दैलेख बैशाख १३,

पाल्पा तानसेनमा अनमीको परीक्षा दिन गएको बेला अपहरणमा परेकी दैलेख लालीकाडा–५ बस्ने निर्मला विसीको प्रहरीले सकुशल उद्धार गरेको छ।

पीडित विसीले आफू अपहरण भएको भनी लालीकाडा–५ बस्ने बाबु सहबिर खड्कालाई आफ्नै मोवाइलबाट शनिबार जानकारी गराएकी थिइन्। अपरणको सूचना पाउनसाथ प्रहरी चौकी रानीमत्ताबाट आइतबार खटिएको टोलीले विसीलाई दैलेख गगलपानी–४ रानीमत्तास्थित रिपिटर टावर नजिक काफलको बोटमा बाँधिरहेको अवस्थामा फेला पारी शकुसल उद्धार गरेको थियो ।

उनलाई अपहरण गर्न अपरचित १ महिला र ३ जना पुरूषको संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। विसीलाई पाल्पा तानसेनस्थित पाल्पा दरबार नजिकै १ जना मोटो कदकी महिलाले पीडितको श्रीमानको फोटो देखाँउदै एसलाई चिन्छस भन्दै मुख नजिकै हात लगेपश्चात उनी बेहोस भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पीडित महिलाका श्रीमान दैलेख जिल्लाको अवलपराजोल स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत रहेको तथा श्रीमान र श्रीमतीबीच बिगत एक/डेढ वर्ष देखि सम्बन्ध राम्रो नभएको र घटनामा श्रीमानको योजना रहेको आशंका गरिएको छ। अपहरणकारीले पीडितले चलाउने गरेको मोबाइलबाट उनको बुबालाई १५ दिन भित्र १० लाख रुपैयाँ उपलव्ध गराउन दबाब दिएको असुन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।नागरिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com