सल्यानमा एकै घरका ४ जनाको हत्या

 सल्यान, बैशाख १५ ,

सल्यानको छायांक्षेत्र गाउं विकास समिति वडा नम्बर ९ रानीगाउंमा आज बिहान चार जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ  ।

एकै घरका दुई बालिका सहित चार जनाको हत्या भएको हो । हत्या हुनेमा रानागाउँकी २२ वर्षकी सीता खान, सीताका छोरीहरु साढे दुई वर्षकी पवित्रा तथा डेढ वर्षकी सविताको हत्या भएको हो ।

यस्तै मार्के घर भएकी सीताकी बहिनी १८ वर्षकी पवित्रा गिरीको पनि हत्या भएको प्रहरीले जनाएको छ । उनीहरु सबैको घरमै हत्या भएको सल्यानका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

हत्याको कारण खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

उनीहरुमाथि बलात्कारसमेत भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले सर्च टोलि बनाई गाउंका घरघरमा समेत सर्च सुरु गरेको छ । सीताका श्रीमान रमेश खान मजदुरीका लागी भारतमा छन् ।इमेजबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com