सबैभन्दा बडी सर्प समात्ने महिला

एजेन्सी बैशाख ४,

यी महिला सायद दुनियामा सबैभन्दा धेरै सर्प समात्ने महिला हुन् । सर्प पक्रिने मामिलामा यिनी यति पोख्त छिन् की यिनको नाम नै सर्पमित्र रहन गएको छ ।

भारतको महाराष्ट्रस्थित बुलढाणा जिल्लाकी वनिता बोराडे नामकी यी सर्पमित्र महिलाका पूरै परिवार नै सर्पप्रेमी छन् । यिनका लोग्ने र छोरा पनि सर्पलाई प्रेम गर्छन् ।

वनिता महाराष्ट्रकी पहिलो महिला सपेरो हुन् । उनले आफ्नो पतिसँग मिलेर अहिलेसम्म ५१ हजार सर्प पक्रिसकेकी छिन् ।

गाउँसहर जहाँ पनि जब कतै सर्प बाहिर निस्किएर मानिसहरुलाई तर्साएको वा घरभित्र वा अन्तै कुनै मानव वस्तीमा छिरेको खबर आउँछ यिनलाई बोलावट हुन्छ र उनी त्यहाँ पुगिहाल्छिन् ।

फोन आउँदा बित्तिकै उनी घरको काम छाडेरै सर्प समात्न जाने गरेकी छिन् । सर्पलाई मानिसहरुले तर्सिएर आक्रमण गर्ने र मार्ने खतरा हुने हुनाले उनी तत्कालै घटनास्थल पुगेर सर्पलाई समात्ने गर्छिन् ।

सर्पलाई समातेर एउटा टोकरीमा राख्छिन् अनि वन विभागमा लगेर दर्ता गरी उक्त सर्पलाई जंगलमा  लगेर छाडिदिने गर्छिन् । उनले पछिल्लो ३० वर्षदेखि सर्प समातिरहेकी छिन् ।

खतरनाक भन्दा खतरनाक विषालु सर्पलाई पनि उनी केही मिनेटमै पक्रिन सक्छिन् । यिनलाई सर्पको रत्तिभर डर लाग्दैन अरे । उनका अनुसार सर्प मानिसको सबैभन्दा राम्रो साथी हो । सर्पले जबसम्म आफ्नो ज्यानमाथि खतराको महसुस गर्दैन तबसम्म उसले कसैलाई डस्दैन भन्ने उनको बुझाई छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com