किशोरी बलात्कार गर्ने ३ पक्राउ

 दाङ चैत्र २७,

किशोरी बलात्कार अभियोगमा दाङको देउखुरीमा दुई जना र बलात्कार संरक्षणको अभियोगमा अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लमही नगरपालीकास्थित सितलापुरको जंगलमा एक १७ बषिर्य किशोरीलाई बलात्कार गरेको अभियोगमा वडा प्रहरी कार्यालय लमहीले सिसहनिया-७ लठ्ठहवा निवासी १९ वर्षीया सोही ठाउँ निवासी २१ वर्षीया युवालाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै बलात्कारमा संलग्न ब्यक्तिहरुको संरक्षण गर्ने प्यूठानका ३६ वर्षीया अर्का एक व्यक्तिलाई पक्राउ गरेर कारवाही प्रकृया अघि वढाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिए ।
सुन्डवरीवाट-सितलापुर जाँदैगरेकी किशोरीलाई सितलापुर वाट सुन्डवरी र्फकदै गरेका यूवाहरुले वाटोमा छेकेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिलाई जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरेर कारवाही अघि वढाइएको जनाएको छ । केही दिन अघि देउखुरीमा एक बालिकालाई वलत्कार गरेको अभियोगमा एक १५ बषिर्य किशोरलाई प्रहरीले पक्राउ गरेको थियो ।अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com