शिशिर सिंखडा ,
चितवन,रत्ननगर १३,
बैशाख
आमा फाउण्डेशन नेपालका अध्यक्ष गौरी जोशीले पूर्वी चितवनको
रत्ननगर १० स्थित गामवेसीको चेपाङ संरक्षण केन्द्रमा स्थापित
अक्षयकोषलाई पाँच लाख सहयोग गरेका छन । केन्द्रमा आयोजित
कार्यक्रममा जोशीले अक्षयकोषमा रहने गरी पाँच लाख दिने
घोषणा गरेका हुन ।
लामो समय देखि अमेरिकामा कार्यरत रत्ननगर
निवासी जोशीले फाउण्डेशन मार्फत सामाजिक कार्यमा आर्थिक
सहयोग गर्दै आईरहेका छन । रकम घोषणा गर्दै अध्यक्ष जोशीले
विपन्न चेपाङ समुदायका विद्यार्थीहरु अध्ययन गर्ने केन्द्रलाई
सहयोग गर्न पाउदा खुसी लागेको प्रतिक्रिया दिए ।
उनले केन्द्रमा
आश्रित चेपाङ वालवालिकाको लागि खाद्यान्न अभाव भएको थाहापाई १०
वोरा चमल समेत सहयोग गरेका छन । यसैबीच आमा
फाउण्डेशन,रोटरी क्लव अफ रत्ननगर र गामवेसीको चेपाङ
संरक्षण केन्द्रको आयोजनामा निशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
शिविरमा केन्द्रमा आश्रित वालवालिका र स्थानीय समुदायको स्वास्थ्य
परीक्षण गरिएको थियो । शिविरमा डा.ढुण्डिराज पौडेल,डा.प्रकाश
खतिवडा,डा.युवानिधि बसौला,डा.कृष्णप्रसाद पौडेल,डा अमित
चौधरी लगायतको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण
गरेका थिए ।
शिविरमा चेपाङ वालवालिका सहित ५०० जनाको स्वास्थ्य
परीक्षण गरेको केन्द्रका अध्यक्ष केपिकरिण शर्माले जानकारी दिए ।
रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा
भएको सो कार्यक्रममा पञ्चतेज ज्योति राप्राविका प्रधानाध्यापक
रामबहादुर मगर, केन्द्रका अध्यक्ष केपिकरिण शर्मा लगायतले वोलेका
थिए ।