सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल अब देशैभर

 गुल्मी  बैशाख १,

सुरक्षित महिनावारी राष्ट्रिय अभियान ३ बर्ष भन्दा अगाडी गुल्मी बाट शुरु भएको हो । महिनावारीका बेला हुने विभेद र सरसफाईको कमिले महिलाहरुलाई धेरै रोगहरुले सताउने गरेको छ । जसका कारणले घर परिवारदेखि बिद्यालयसम्म यसको असर प्रत्यक्ष रुपमा परिरहेको हुन्छ ।

यस्तै कुरालाई मध्यनजर गर्दे महिनावारी प्रकृतिले दिएको अनुपम बरदानको रुपमा लिनुपर्छ भन्ने मान्यताका साथ सेवा सञ्चार गुल्मीले यसलाई राष्ट्रिय अभियानको रुपमा अगाडी बढाएको छ ।

हाल गुल्मीका एक दर्जन भन्दा बढी स्कुलमा यो कार्यक्रम सफल भैसकेको छ भने आधा दर्जन गाउँ बिकास समितिमा सुरक्षित महिनावारी राष्ट्रिय अभियानका चेतनामुलक कार्यक्रम भैसकेका छन् ।

बिभिन्न ठाउँ र जिल्ला जिल्लामा यो अभियानको सञ्जाल बिस्तार गरी महिनावारीका लागी सुरक्षित सामग्री युक्त देश नेपाल बनाउने लक्ष्य रहेको अभियान्ता गँगा खड्काले जानकारी दिएकी छन् ।

यो अभियानलाई हाल जिल्ला बिकास समिति गुल्मी,पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोश्रो चरण, गैर आवसिय नेपाली सँघ, क्यानाडा,पारिश्रमिक युवा समुह क्यानाडा लगायतका सँघ सँस्थाले सहयोग गरेका छन् । त्यस्तै नेपाली क्यानेडियन ट्र्कर्स एसोसिएसन क्यानाडाले अभियन्ता गँगा खड्कालाई स्वास्थ्य दुत का रुपमा छनोट गरेर अभियानलाई अगाडी बढाउन सहयोग गरेको छ ।स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com