परिक्षामा अनुतिर्ण हुँदा किशोरीले गरिन् आत्महत्या

गुलरिया, १४ वैशाख ,

परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ।

कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी बिहान अबेरसम्म नउठेको हुँदा उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी र उनी उक्त कक्षाको परीक्षामा फेल भएका कारण सेल्फस् नाम विषादी सेवन गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com