सिक्मिमा एक नेपाली युवती वेपत्ता

जगन दाहाल
गान्तोक, ३ वैशाख ,

सिक्मिमा एक नेपाली युवती वेपत्ता भएकी छिन् ।

विहीबार बिहान घरबाट निस्किएकी १६ वर्षीय मीना न्यौपाने बेपत्ता भएकी हुन् । उनी वेपत्ता भएपछि परिवारले अपहरणको आशंका गरेका छन् ।

बेपत्ता भएकी मिना न्यौपाने पश्चिम सिक्किमको मार्ताम घैयाबारी निवासी रामकुमार न्यौपाने र कौशिला न्यौपानेकी छोरी हुन् । बर्मेक उच्चतर माध्यमिक स्कूलमा कक्षा १० मा पढदै गरेकी मीना १४ अप्रेलको बिहान चार बजेदेखि घरबाट हराएको उनका मामा स्वस्ती लुईंटेलले फोनमार्फत जानकारी दिए ।

उनले बताए अनुसार छर छिमेकमा सोधिखोजी गर्दा उनको कुनै पत्तो लागेन । लगभग बिहानीको ९ बजे अचानक मीनाको नम्बरबाट फोन आउँदा फोनबाट केवल मलाई बचाउनुहोस भन्ने मात्र आवाज सुनिएको थियो । त्यसपछी फोन बन्द भएको बताइएको छ ।

परिवारका सदस्यहरूलाई आफ्नी छोरी अपहरण भएको शंका लागेपछि उनीहरूले कलुक थामनामा उजुरी दर्ता गरेका थिए । वेपत्ता मिनाका मामा स्वस्तीले बताए अनुसार तत्कालै उनीहरूले जिल्ला शिशु सुरक्षा कार्यालयमा पनि घटनाको जानकारी गराएकी थिए । अभिभावकहरूले उनको नम्बरमा फोन गर्दा दार्जिलिङमा कुनै अपरिचित महिलाले उठाएको पनि जानकारी पाइएको छ ।

मिनाकी आमाले दिएकको जानकारी अनुसार केही दिन अघिदेखि कुनै अज्ञात नेपाली केटाले उनको नम्बरमा फोन गर्नेगरेको र उनीहरूको कुरा हुने गरेको थियो । शुक्रबार बिहान एकपटक मिनाकी दिदीले फोन गर्दा पनि कुनै अपरिचित महिलाले फोन उठाएको र मिनाको बारेमा सोध्दा उसलाई भेट्नुछ भने बागपूल खोलामा आउनु भनेर धम्की दिएको पनि बताइन् । घरबाट हिँडदा उनले पाँचवटा जति पासपोर्ट फोटो र एसबीआई ब्याङ्कको पासबुक पनि लिएकी थिइन् ।

यता पुलिस सूत्रबाट पाइएको जानकारी अनुसार कलुक पुलिसले हरेक पुलिस थानाहरूमा उनको फोटो र विवरण दिइसकेको छ । पुलिसले मिसिङ चायल्ड केश अन्तर्गत मामिला दर्ता गरेको छ ।दैनिक्नेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com