माइकल ज्याक्सन जसले सय पटकसम्म अनुहारको सर्जरी गरे

शुक्रबार बैशाख १७,

सन् १९७१ मा २१ वर्षको हुँदाको अनुहार हेर्ने हो भने तिनै माइकल ज्याक्सन हो भनेर मानिसहरुलाई पत्याउन गा¥हो पर्छ । सन् १९५८ अगष्ट २८ मा जन्मदा उनी सामान्य अनुहारका व्यक्ति थिए ।

उनी काला जातिका थिए ।  उनको नाक ठुलो थियो । त्यसैले उनका बाबुले उनलाई ‘घिरौला नाके’ भन्ने उपनाम दिएका थिए । पछि एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘बाबुको त्यो भनाईले मलाई आफ्नै अनुहारप्रति रिस उठ्थ्यो र धेरैपटक रुन्थें । ११ वर्षको उमेरमै उनी सुपरस्टार भैसकेका थिए ।

उनलाई आफ्नो अनुहारप्रतिको घृणाले उनी पछि प्लास्टिक सर्जरीका दुव्र्यसनीजस्तै भए । यतिसम्मकी आफ्नो रुप परिवर्तन गर्न उनले १ सय पटकसम्म प्लाष्टिक सर्जरी गराएर आफ्नो अनुहारलाई प्रयोगशाला नै बनाए ।

पहिलोपटक सन्१९८४ मा २६ वर्षको उमेरमा उनले पहिलो प्लाष्टिक सर्जरी गराएका थिए । त्यतिबेला उनले नाकको स्वरुप साँघु¥याएका थिए भने आँखी भौको आकार परिवर्तन गरेका थिए । त्यतिखेर उनलाई अमेरिकाका काला जातिले उनको आलोचना गरेका थिए ।

१९८५ मा उनले २७ वर्षको उमेरमा नाकलाई अझ साँघु¥याए र आँखामा स्थायी रुपमा गाजल बनाउन टाटु खोपे । त्यसपछि उनको अनुहारको शल्यक्रियाको क्रम झन् बढ्यो, मृत्यु हुने वर्ष सन् २००९ सम्ममा त शल्यक्रियाले उनको अनुहार निकै बिग्रिसकेको थियो -

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com