जहाँ बाबुआमानै छोरीका लागि ग्राहक खोज्छन...

   एजेन्सी बैशाख १४,

तपाईले देह व्यापारबारे थुप्रै खबरहरु सुन्नुभएको होला । तर, यो खबरले त हाम्रो समाजलाई लज्जित बनाउँछ । किनकि यहाँका छोरीहरु आफ्नै आमा बुवाका अगाडि अलग अलग पुरुषसँग शरीरिक सम्बन्ध राख्छन् । कैयौ पटक आमा बुवा आफै छोरीका लागि पुरुष खोजेर ल्याउँछन् ।

यस्तो चलन भएको ठाउँको नाम हो भारतको मध्य प्रदेश । यहाँको नीमच जिल्लाका बाछडा समुदायमा छोरीको जवानी बेचेर आमाबुवा पेट पाल्छन् । सदियौ कालदेखि चलिआएको यो परम्परालाई ताड्दै एक युवती घरबाट भागेपछि यो कु संस्कारको पर्दाफास भएको हो ।

उनले भागेर विहे पनि गरिन् । विहेपछि माइती उनका ‘दुश्मन’ बने । सुरक्षा माग्नका लागि प्रहरीका एसपीकहाँ पुगिन् । पुलिसले उनलाई पुरै सुरक्षा दिलाउने आश्वासन दियो तर, उनले जो आफूमाथि परेको विपत्ति बताइन त्यो सुनेर पुलिस अफिसरको होसै उड्यो ।

प्रहरीका एसपीलाई यी युवतीले बताइन कि उनका आमा बुवा र मामा उनलाई जबरजस्ती वेश्यावृतिमा लगाएर कारोवार गर्न चाहन्छन् । उनका अनुसार बाछडा समुदायका कैयौ छोरीचेलीहरु देह व्यापारको यो दलदलबाट बाहिर आउन चाहन्छन् तर, परम्पराका कारण पीडा सहेर बाच्न बाध्य छन् । यहाँ अहिले त बालिकाहरुलाई पनि दबाब दिएर वेश्यावृतिमा लगाउन थालिएको छ ।

समाचार अनुसार नीमच जिल्लाका अलावा मन्दसौर र रतलाम जिल्लासम्म फैलिएको बाछडा समुदायका २५० घरमा खुलेयाम वेश्यावृति धन्दा चल्दै आएको छ । अहिले त नाबालिकालाई समेत यो गलत धन्दामा लगाइदैछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com