कोमल ओली र बद्रि पंगेनीले मस्को तताए

विजय थापा, बैशाख ७,

अधिकांश समय जाडो हुने रसियामा नेपालका ख्याती प्राप्त गायिका कोमल ओली तथा लोक गायक बद्रि पंगेनीले रुसको राजधानीमा आयोजित शुभकामना एवं सांस्कृतिक साँझ नामक कार्यक्रममा बेजोड प्रस्तुति गर्दै नेपाली समुदायलाई तताउन सम्म तताएका छन् l 

उनीहरुको उत्कृष्ट प्रस्तुतिमा दर्शकले मन थाम्न नसकी गितमा साथ दिदै मंच भरि नाच्नदर्शक  झुम्मिएका थिए l उनीहरुको बिबिध गितले मस्को घन्किएको थियो l 

झन्डै ५ सय भन्दा ज्यादा दर्शकको उपस्थितिले कलाकार द्वय कोमल ओली तथा बद्रि पंगेनी ज्यादै उत्प्रेरित भएका थिए l उनीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न कुनै कसर छोडेनन् l दर्शक रमाउदै नाचेका थिए l 

गित गाउने क्रममा काेमलले भनिन रसियन भाषामा "याभास लुब्लु " आई लव यु रसिया भने पछि कर्तल ध्वनिले कार्यक्रम स्थल गुन्जायमान हुन् पुगेको थियो l 

गैर आवासीय नेपाली संघ रुस तथा अन्य संस्था मिलेर गरेको ग्रान्ड म्युजिकल नाइट नामक कार्यक्रम 
जन मैत्री विश्व बिद्यालय इन्टर क्लब मस्कोमा भएको थियो l 

कोमल ओली तथा बद्रि पंगेनीले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्न सफल भएका छन् l


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com