साली पाउन यी भिनाजुले बुने यस्तो जाल...

 एजेन्सी बैशाख १,

पञ्जाबमा आफ्नी साली पाउने चाहनामा एक पुरुषले यस्तो काम गरेका छन् जसले सामाजिक सम्बन्धलाई नै लज्जित बनाएको छ ।

श्रीमानले सालीको प्रेममा आफ्नै पत्नीको हत्या गरेर आफूलाई कानुनबाट बचाउन एउटा फिल्मी स्टाइलमा नाटक रचेका छन् । उनको यो नाटकले प्रहरी नै आश्चर्यचकित परेको छ ।

समाचार अनुसार पञ्जाबको पटियालामा बस्ने चरनजीतको विहे ८ वर्षपहिला गुरप्रीतसँग भएको थियो । र दुबैले लभम्यारिज अर्थात प्रेम विवाह गरेका थिए । ५ डिसेम्बरमा श्रीमती गुरप्रीतलाई लिएर चरनजीत मोटरसाइकिलमा आफ्नो ससुराली गइरहेका थिए तर, उनी जानीबुझेर आफ्नी छोरीलाई घरमै छाडेर आएका थिए र ससुराल जाने क्रममा उनले सुनसान बाटो रोजे । यसैक्रममा उनले एक फिल्मको कहानीजस्तै चिच्याएर मानिसहरुलाई घटनास्थलमा बोलाए ।

उनीहरुलाई चरनजीतले आफ्नो आँखामा अज्ञात व्यक्तिहरुले खुर्सानी हालेको र त्यसपछि श्रीमती र आफू नहरमा खसेको र आफू ज्यान बचाएर नहरबाट बाहिर आएको तर, श्रीमती नहरमै छिन् भने । त्यसपछि त्यहाँबाट प्रहरीलाई घटनाबारे जानकारी दिइयो र नहरबाट गुरप्रीतको शव बरामद गरियो ।

घटनापछि चरनजीतले बनाएको कहानी गुरप्रीतका परिवार (माइती) र प्रहरीलाई चित्त बुझेको थिएन् । अब घटनाको करिब चार महिनापछि यो घटनाको यथार्थ पत्ता लागेको छ ।

उनले नहरमा खसेकी श्रीमतीलाई किन बचाएनन् ? भन्ने प्रश्न र मेडिकल टेस्ट गर्दा आँखामा खुर्सानीको धुलो नभेटिएपछि प्रहरीलाई झनै शंका लाग्यो । त्यसपछि चरनजीतलाई प्रहरीले केरकार गर्यो जसमा उनले आफैले श्रीमतीको हत्या गरेको स्वीकारे ।

तर, हत्याको कारण प्रहरीले उनको कल डिटेल हरेपछि मात्र पत्ता लाउन सक्यो । प्रहरीले पत्ता लगायो कि चरनजीतको आफ्नै सालीसँग अफेयर चलिरहेको थियो । यसै अफेयरको बाटोबाट आफ्नी श्रीमतीलाई हटाउन यत्रो नाटक रचेका रहेछन् ।

अब चरनजीतलाई कानुनअनुसार जेल सजायँ हुनेछ । उनको मुद्दा अदालत पुगिसकेको छ र फैसला पनि छिट्टै हुने जनाइएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com