हँसिया र बन्चरो प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

काभ्रे चैत्र २१,

काभ्रेपलाञ्चोकमा एक श्रीमान्ले श्रीमतीको गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
hatya
जिल्लाको पनौती नगरपालिका वडा नं १३ स्थित पस्थलीका ३४ वर्षीय रामशरण थापाले २८ वर्षीया श्रीमती सम्झना थापाको हँसिया र बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

पहिले हँसियाले हानेको देखिन्छ र पछि बन्चरो प्रहार गरेको देखियो, घटनास्थलबाट फर्केका प्रहरी नायब उपरीक्षक राईले भन्नुभयो । गएराति गाउँमा सप्ताह चलिरहेको मौकामा उनले श्रीमतीको हत्या गरेको र घटनाको जानकारी आज बिहानमात्रै प्रहरीलाई गाउँलेले दिएका थिए ।

सो घटनामा संलग्न थापा घरमा नै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनका दुई छोरा छन् । प्रहरीले घरायसी झगडाका कारण सो घटना भएको आशङ्का गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com