एजेन्सी बैशाख
वंगलादेशकी एक महिलालाई एक रहस्यमय स्वास्थ्य समस्याले सताएकोे छ । ३६ वर्षीय अफ्रोजा बेगमरोमको दायाँ हातको हत्केला र औंलाहरु अनौठो ढंगले सुनिएको छ । जसको कारण पहिचान गर्न चिकित्सकलाई नै हम्मेहम्मे परेको छ ।
दुई सन्तानकी आमा अफ्रोजा स्वास्थ्य सम्बन्धी यस जटिल समस्यासँग जुधिरहेकी छिन् । उनको रोगको कारण पत्ता नलागेकाले तत्काल उपचार पनि असम्भव देखिन्न । सुनिएको हातमा निकै पीडा हुन्छ । दाँया हातले सामान उठाउन पनि उनलाई मुश्किल पर्छ ।
‘पीडा खपिनसक्नु छ । चिकित्सकहरुले मेरो रोगको पहिचान गर्न सकेनन्,’ उनी भन्छिन । हड्डीमा समस्या आएको आंशकामा उनको एक्सरे गरियो तर रिर्पोटमा केही देखिएन । छाला रोग विज्ञको सल्लाह लिइन तर खासै समस्या देखिदैन ।
जन्मदै उनको माँझी औंलामा मासुको डल्ला पलाएको थियो । उमेर बढ्दै जाँदा उनको पुरै हत्केला र औलामा फैलन थाल्यो । स्थानीय चिकित्सकले उपचार गर्न नसकेपछि उनलाई ढाकाका महंगा अस्पतालमा पु–याईयो तैपनि उनको रोगको कारण पत्ता लाग्न सकेन ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले छाला रोग लागेको अनुमान गरेका छन्, तर त्यसको अझै यकिन हुन सकेको छैन ।