काँचो आरु र अमेरिकाबासी हाम्रो सपना

प्रकाश नेपाल ,

उनि रुखमा चढेर काँचो आरु टिप्दै थिईन्र मलाई उत्सुकता भो, यो काँचो आरु किन टिपिरा’ होलिन, हेरी रहें्र उनले आरु निसंकोच टिप्दै रहिन््र मैले भने “यो आरु काँचो छ, किन टिपेरा नोक्सान गर्नु भाको लु तल झर्नोस ्र” उनि सुनेको नसुनै गरिन ्र आरुको फांचो पुगे पछी झरिन र आफ्नो बाटो लाग्न थालिन ्र मैले उनलाई रोकेर भने “ए बैनी, एकछिन पख्नुस त ्र भन्नोस् त बैनी किन तपाइले यी काँचो आरु टिप्नु भो रु” उनले मेरो मुखमा हेरिन र आँखा भरि आँशु टलपल पार्दै भनिन “के खाएर बाचौं त हजुर ्र घरमा खाने कुरा केहि छैन ्र दुइ दिन कि भोकी छु्र” म छक्क परें र सोधे “तपाइको घर कहाँ ?”

उनले घरतिर आँखा सोझ्याएर इशारा गरिन, नजिकै थियो(एउटा स्याउलाले बारेको झुप्रो्र मैले भने “हिड्नोस जाउँ तपाइको घरतिर ्र उनि असजिलो मानिन्र उनको भावले बुझिन्थ्यो यो मान्छे मेरो घरमा नआए हुन्थ्यो ्र तै पनि बिस्तारै अघि लागिन, म उनको पछी पछी ्र घरमा पुगे पछी म उनको घर भित्र एसो टाउको छिराएर हेर्न मात्रै के लागेको थिएँ, उनले मलाई झम्टिदै भित्र जाने बाटो छेकिन् र अत्तालिए जस्तो गरेर भनिन “यहाँ मान्छे छ भित्र – तपाई नाउनुस”्र म झन् छक्क परें ्र अनि भनें “के म मान्छे होइन अरु मान्छे ले मान्छे हेर्न हुन्न र ?” अनि म भित्र पसें ्र एउटा दुइ दिनको बच्चा थियो( ओढ्ने थिएन, नांगै थियो ्र थाहा भो उनि दुइ दिनकी सुत्केरी रैछन ्र दुई दिनकी सुत्केरी, २ दिनको भोक, प्राण धान्न काँचो आरु ्र मैले केहि सोच्न सकिन ्र बाहिर आएर थचक्क बसें ्र एकछिन पछी मेरो झोलामा भएको चाउ चाउका २/४ पोका यो अत्यन्त काल्पनिक लाग्ने र कुनै चलचित्रको कथा जस्तो लाग्ने दृश्य काल्पनिक भने होइन ्र

यो एउटा नेपालको चित्र हो र अधिकांश नेपालीहरुको प्रतिनिधि चित्र हो ्र जब बिष्णु गौतमले यी कुराहरु दर्शकको माझमा भन्दै थिए, हामी दर्शक सबैका आँखा रसाएका थिए ्र हल भित्र सन्नाटा छाएको थियो ्र यस्तै दुख पाएका मानिसहरुको र बालबालिकाहरुको सहयोग गर्न अगाढी बढेका बिष्णु गौतमको आफ्नो कहानी भने अझै दुखदायी छ ्र आज भन्दा केहि बर्ष पहिले बिष्णु गौतमका छोरा कुमार गौतम सडक दुर्घटनामा मरे ्र त्यो घाउ ओबाउन नपाउदै अमेरिकामा रहेका अर्का छोरा बलराम नौ महिना पछी सडक दुर्घटना मै मरे ्र यसरी होनहार छोराहरु एकै बर्ष भित्र गुमाउनुको पीडाले घर शोकाकुल हुनु स्वाभाविक थियो ्र घर परिवार धेरै समय पिडा पिडामा बाँचे ्र यो पीडाले एउटा बितृष्णा जन्मायो बिष्णु गौतममा ्र अनि एकदिन सोचे – अब सबै परिवार बाच्नुको कुनै अर्थ रहेन ्र यो पीडाले सबैको जिन्दगीलाइ रात दिन तड्पाउनु भन्दा एकै चोटी खत्तम गर्नु कम पिडा दायक पो हो कि भन्ने सोचे ्र यो आम आत्महत्याको प्लान थियो ्र बिष्णु गौतमले सोचे – हो यही प्लान ठिक छ, हामी सबै परिवारले मुक्ति पाउने बाटो यही हो ्र अन्ततस् मन मनै प्लान भो – देवघाट जाने निहुमा खोलामा गाडी हुल्ने ्र गाडी देवघाट तिर हुइकिदै थियो ्र सबै करिब करिब मौन थिए ्र त्यही मौनतालाई चिर्दै बिष्णु गौतमकी धर्म पत्नीले भनिन “हामीले यी दुइ छोराहरुको सम्झनामा गरिब गुरुवाहरुको भलाई गर्ने काम गर्नु पर्छ कि क्या हो हजुर, यसले हाम्रा छोराहरुलाई सधै अमर बनाउछ ्र” अचानक आएको यो कुराले बिष्णु गौतमको मुटु हल्लियो्र अचानक गाडी रोके र भने “एकछिन आराम गरम” ्र यस पछी सबै कुरा परिबर्तन भयो, आम आत्महत्याको प्रयास परिबर्तन भयो – अनि नया जीवनको सुरुवात भयो .

बिष्णु गौतमलाई लाग्यो, हो त नि, आत्महत्या कायरपन हो भन्ने जान्दा जान्दै पनि अंगालेको यो कुरा भन्दा त लक्ष्मीले भनेको कुरा कति बिजयी हो ्र कति जोडदार हो ्र हो, यही घटनाको उपज हो आजको लक्ष्मी प्रतिस्थान ्र लक्ष्मी प्रतिस्थानलाई ९बिष्णु गौतम० मैले फेसबुक बाहेक अन्त कतै भेटेको थिएन त पनि यसका सम्पूर्ण गतिबिधिहरु बडो रुची पुर्बक हेरी रहन्थे ्र लक्ष्मी प्रतिष्ठानका कामहरु निकै राम्रा लाग्थे ्र बिशेस गरि चेपांगका बच्चाहरुको शिक्षा दिक्षा बस्ने, बासको बन्दो बस्त, एक सरो आंग ढाक्ने कपडा आदि इत्यादि ्र अत्यन्त बिपन्न परिवारहरुको मुखमा माढ लगाइदिने काममा जुटेका बिष्णु गौतमलाई थाहा छ जब सम्म परिवारको खानाको जोहो हुन्न, तब सम्म बच्चा स्कूल जान सक्दैनन् ्र पाच बर्षको उमेर देखि मजदूरी गर्न बाध्य यी बच्चाहरुकोलागि स्कूल त धेरै परको कुरा हो ्र तर बिष्णु गौतमको लक्ष्मी प्रतिस्थानले पहल गर्यो, सारा संसारबाट यो पुण्य काममा हातेमालो भयो र यो सम्भव भयो ्र अहिले लक्ष्मी प्रतिष्ठान शिक्षा, स्वस्थ, सीप बिकाश लगाएतका कामहरुमा लागेको छ ्र करिब २०० जना बिद्यार्थीहरुको शिक्षाकोलागि शैक्षिक अभिभावक पनि खोज्दै छ ्र गएको हफ्ता बिष्णु गौतमसंग अमेरिकाको राजधानी वाशिंगटन डीसी बासी नेपालीहरुको भेट भयो ्र हामीले पनि हातेमालोमा साथ् दिएर अलिकन भए पनि यो पुण्य काममा सहयोग भो भन्ने लागेको छ ्र चेपांग बास्तिमा ८०/९० वटा घर बनाइदिने लक्ष्य बोकेर हिडेका बिष्णु गौतमजीलाइ हामी बिदेशमा बसेर आफ्नो गास कटाएर नेपालकोलागि केहि गरौ भन्ने हाम्रो भावनालाई बिष्णु गौतम टेवा बनेका छन् ्र हाम्रो यो कामनालाई बोकेर सधै अगाडी बढोस लक्ष्मी प्रतिष्ठान्र !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com