ग्रिन टी पिउनुका छ फाइदा

काठमाण्डौ बैशाख ३,

दिमाग स्वस्थ राख्छ 
चिया, कफीलगायत पेय पदार्थमा भन्दा ग्रिन टीमा क्याफिनको मात्रा साह्रै कम हुन्छ । ग्रिन टीमा पाइनेजति क्याफिन दिमागका लागि राम्रो मानिन्छ । ग्रिन टीमा एमिनो एसिड, एल–थियानाइनजस्ता तत्व पनि पाइन्छ, जुन क्याफिनसँग मिसिँदा दिमाग तेज र स्वस्थ हुन्छ ।

दाँत बलियो बनाउँछ ,
ग्रिन टीम क्याटचिन नामक तत्व पाइन्छ जसले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ ।

आयु बढाउँछ ,
जापानमा गरिएको एउटा अनुसन्धानले नियमित ग्रिन टी (पाँच कप अथवा बढी) खानेहरूको आयु बढी हुने गरेको पाइएको थियो । नियमित ग्रिन टी खानेहरूमा हृदयसम्बन्धी रोग र हृदयाघातबाट मृत्यु हुने क्रम कम रहेको पाइएको थियो ।

वजन घटाउँछ ,
दिनमा दुईदेखि तीन कपसम्म ग्रिन टी खानाले क्यालोरी नष्ट भई वजन घट्न जान्छ ।

क्यान्सरको जोखिम कम गर्छ ,
ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । तसर्थ, नियमित ग्रिन टी पिउने व्यक्तिको शरीर चाँडै विकाररहित हुन्छ र क्यान्सर लाग्ने जोखिम कम हुन जान्छ । ग्रिनटी खाने महिलालाई स्तनसम्बन्धी क्यान्सर लाग्ने जोखिम २२ प्रतिशतले कम हुन्छ । त्यस्तै यो पेय नियमित खानाले पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम ४८ प्रतिशतले कम हुन्छ ।

कोलेस्ट्रोल सन्तुलनमा राख्छ ,
ग्रिन टी खानाले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्न पाउँदैन र सन्तुलनमा रहन्छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com