नारी सशक्तिकरण : कोक्रो हल्लाउने हातले संसार हल्लाउने

जगन दाहाल ‘ठूलोभाई’

‘यत्र नार्यस्तु पुज्यन्ते रमन्तो तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्’ भनेर नारीलाई देवीको स्थान दिने देश भारतले नारीहरूलाई धेरै कालसम्म इतिहास र शास्त्रमा मात्रै सिमित राखेको थियो । जहाँ नारीको शास्त्र र मुखले मात्र सुरक्षा र पूजा हुन्थ्यो । त्यस देशमा आज स्वतन्त्रताका धेरै वर्षपछि नारी सशक्तीकरणको मुद्दा देखिएको छ । 

पुरुष प्रधान समाजलाई यो तथ्य पनि थाहा थियो की एक दिन कोक्रो हल्लाउने हातले संसार हल्लाउने छ । यो कुरा आजको दिनमा प्रमाणित भएर जाँदैछ । लैंगिक असमानता भारतको मुख्य सामाजिक मुद्दा हो, जसमा महिलाहरू पुरुषवादी प्रभुत्वको कारण पछाडिरहेका छन् । पुरुष महिलामा समानता ल्याउनका निम्ति महिला सशक्तीकरणको गती बढाउन अनिवार्य छ । सबै क्षेत्रमा महिलालाई उचित अधिकार दिन जरूरी छ । यसरी नै देशका महिलालाई राष्ट्र निर्माणका निम्ति प्राथमिकता दिनुपर्ने देखिन्छ ।

महिला र पुरूषबीचको असमानताले देशको विकासमा बाधा पुर्याइरहेको छ । साथै राष्ट्र निर्माणमा पनि वाधा पुग्छ । यो महिलाको जन्मसिद्ध अधिकार हो जो समाजमा पुरुष सरह उनीहरुलाई महत्व दिनुपर्छ । विशेषतः महिलालाई पनि आफूमा सशक्तीकरण ल्याउनुभन्दा पहिले आफ्नो अधिकारका पनि ज्ञान हुन अनिवार्य छ । 

महिलाहरू केवल घर–परिवार तथा पारिवारिक झैं–झमेलाको जञ्जालमा मात्र नफसेर सामाजिक क्षेत्रमा पनि आफ्नो सकारात्मक भूमिका निभाउन सिक्नु पर्ने छ । किनकी सामाजिक कार्यले महिलालाई आफ्नो स्थानमा दरिलो बनाउन साथ दिन्छ । साथै छर–छिमेकलगायत देश–विदेशको सामान्य ज्ञान पनि राख्न सक्नुपर्छ ।
महिला सशक्तीकरणमा यतिसम्म शक्ति छ की उनीहरू देशका धेरै कुरामा परिवर्तन ल्याउन सक्छन् । महिलाहरू समाजका कतिपय समस्यालाई पुरुष भन्दा सजिलो ढंगले सल्टाउन सक्छन् । महिलाले परिवारको तथा देशको आर्थिक स्थितिलगायत आर्थिक आपूर्तिको प्रबन्ध पनि राम्रोसँग गर्न सक्छन् । पुरुषको तुलनामा महिलाले परिवारभित्र मात्र नभएर सामाजिक विषयमा पनि चाँडै समाधान निकाल्न सक्छन् । 

महिला सशक्तीकरणद्वारा महिला पुरुषमा समानताको भाव त आउँछ साथै दुवैको शक्ति र बुद्धि मिलाउँदा अर्थब्यवस्थाका धनी पुरुषप्रधान देशलाई सहजै उल्टाउन सकिन्छ । देशकै अनुहार परिवर्तन भएर जानेछ । महिला सशक्तीकरणमार्फत् हरेक परिवारका सदस्यहरूको विकास हुने देखिन्छ । आमा नभएको घर जसरी भाँडिन्छ त्यसरी नै महिला बिनाको समाज पनि भाँडिएर जानेछ । किनकी महिलाले घर मात्र होइन समाज पनि सरोबर चलाउन सक्छन् । महिला सशक्त भए समाज आफैं सशक्त भएर जाने छ । भारत सरकारले हाल विभिन्न दिशामा महिलालाई अग्र बनाएर देशको विकास गरिरहेको छ । भारतमा प्रतिभा पाटेललाई राष्ट्रपति जस्तो पदमा नियुक्त गरियो उनी देशको १२औं र प्रथम महिला राष्ट्रपति बनेकी हुन् । भारतको इतिहासलाई पल्टाउँदा इन्दिरा गान्धीजस्तो एक असाधारण नारी शक्तिको पनि अनुहार पाइन्छ । जो देशकी प्रथम महिला प्रधानमन्त्री हुन् । उनलाई आज विश्वले ‘आइरन लेडी’को रूपमा चिन्ने गर्दछ ।

भारत धर्म निरपेक्ष स्वतन्त्र र गणतान्त्रिक मुलुक हो । २९ वटा राज्य भएको यो देशले आजसम्म विश्वमा धेरै नै ख्याती कमाएको छ । काश्मिरदेखि कन्याकुमारीसम्मको आजको राजनीतिक इतिहासलाई हेर्दा देशमा १६ जना महिला मुख्यमन्त्रीले विभिन्न राज्यमा आफ्नो बहुमूल्य योगदान पु¥याएका छन् । हाल भारतका पाँचवटा राज्यमा महिला मुख्यमन्त्री छन् । जयललिता (मुख्यमन्त्री तामिलनाडू), वसुन्धरा राजे (मुख्यमन्त्री राजेस्तान), ममता बेनर्जी (मुख्यमन्त्री पश्चिम बंगाल), आनन्दीबेन पटेल (मुख्यमन्त्री गुजरात), मोहम्मद मुफ्ती (मुख्यमन्त्री जम्मू तथा कास्मिर) । यसरी नै भारतमा अन्य मुख्यमन्त्री महिला सुचिता कृपालनी (पूर्व मुख्यमन्त्री उत्तर प्रदेश), नन्दिनी सतपथी (पूर्व मुख्यमन्त्री उडीसा), सशीकला ककोद्कर (पूर्व मुख्यमन्त्री गुवा), स्येदा अनवरा ताइमुर (पूर्व मुख्यमन्त्री असम), जानकी रामचन्द्रन (पूर्व मुख्यमन्त्री तामिलनाडू), मायावती (पूर्व मुख्यमन्त्री उत्तर प्रदेश), राजेन्द्र कौर भट्टल (पूर्व मुख्यमन्त्री पञ्जाव), रावडी देवी (पूर्व मुख्यमन्त्री विहार), सुष्मा स्वराज (पूर्व मुख्यमन्त्री दिल्ली), शीला दीक्षित (पूर्व मुख्यमन्त्री दिल्ली) रहेका छन् ।

भारतको लोकसभामा पनि दुईजना महिलालाई अध्यक्षको रूपमा मनोनित गरेको छ । भारतको लोकसभामा इण्डियन नेशनल कंग्रेसबाट मीरा कुमार जो १५औं लोकसभा अध्यक्ष रहेकी थिइन । यसरी नै वर्तमान सत्तासीन भारतीय जनता पार्टीबाट पनि सुमित्र महर्जनलाई यो पद दिइएको छ । भारतले देशको विकासको निम्ति जति काम गर्दैछ त्यती नै महिलाका निम्ति पनि हक अधिकारको सुरक्षा गरिदिँदै आएको छ ।

हालै भारतमा सात जना महिलालाई केन्द्रीय मन्त्री बनाइएको छ । जसमा सुष्मा स्वराज विदेश मन्त्रालय, प्रवासी भारतीय मामिला मन्त्री, स्मृति इरानी मानव संसाधन विकास विभाग मन्त्री, डा. नजमा ए हेपतुल्ला अल्पसंख्यक मामिला मन्त्री, मेनुका सञ्जय गान्धी महिला तथा बाल विकास मन्त्री, हर्सीम्रत कौर बादल खाद्य प्रसंस्करण उद्योग मन्त्री, उमा भारती केन्द्रीय जल संसाधन नदी विकास र गंगा कायाकल्प क्याविनेट मन्त्री, निर्मला सितारामन केन्द्रीय वाणिज्य तथा उद्योग राज्य मंत्री (स्वतन्त्र शुल्क) र वित्त कर्पोरेट मामलाहरु ।

यी महिलाले आज देशको नाम विश्वमा फैलाएका छन् । आफ्नो इतिहास रच्नमा सफल यी भारतीय महिलाको कामलाई विश्वले हेरिरहेको छ । देशको स्थितिलाई विकसित गर्नका लागि विभिन्न पहलहरू भइरहेका छन् । नारीलाई पुरुष समान सबल बनाउनका लागि भारतमा पहल भइरहेको छ भने विश्वका अन्य देशले यी नारीहरूको हितमा किन पाइला नचलाउने त ?
– गेजिङ, पश्चिम सिक्किम (स्रोत-दैनिकनेपल)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com