राजधानीमा भूकम्पको ठुलो धक्का

 काठमाडौं, २७ चैत,

शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेर ५ मिनेटमा ४.५ रेक्टर स्केलको पराकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको भैंसेपाटी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । साँझको समयमा भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।

तर, केन्द्रले भने यो नयाँ भूकम्प नभए वैशाख १२ को भूकम्पको पराकम्प भएको जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com