एजेन्सी बैशाख ३,
एक गर्भवती महिलाले आफ्नो विशाल भुँडीको फोटो फेसबुकमा राखेको तस्बिरलाई पोस्ट गरेपछि फेसबुकले अश्लिल सामाग्री रिर्पोट गरेको जनाएको छ ।
केही साता पछि छोरा जन्माउने तयारीमा रहेकी केथरिन केल्सीले खुसीयाली स्वरुप सो दुर्लभ तस्बिरलाई फेसबुकमा पोस्ट गरी साथीलाई सेयर गरेकी थिइन् ।
तर सो तस्बिरले फेसबुकको अश्लिल मापदण्डको सिमा नाघेको भन्दै फेसबुकबाट गुनासो आएपछि श्रीमान केल्सी र उनका श्रीमान साइमन स्तब्ध भएका थिए ।
‘यति स्वभाविक र मायालु तस्बिरले कोही कोहीलाई चोट परेछ,’ दुई सन्तानकी आमा समेत रहेकी केल्सी भन्छिन् । केल्सीको पेट बढेको अन्तिम समयको अवसरमा केल्सी र उनका पतिले केही व्याबसायिक तस्बिर लिने सोचेका थिए ।
‘मेरो गर्भधारणलाई मनाउन तथा हाम्रो खुसीयाली र उत्तेजनलाई साथी तथा परिबारबीच आदान प्रदान गर्न मैले तस्बिर सार्बजनिक गरेकी हुन,’ उनी भन्छिन्, ‘तर यस तस्बिरले कसैलाई चोट पुगेछ । केही महिनापछि मैले बच्चालाई स्तनपान गराएको तस्बिर देख्दा उनीहरुले के सोच्लान?’
तर धैरैले सो तस्बिर मन पराएको उनले दाबी गरिन ।
बेलायतको हुलमा बस्ने २८ वर्पीय भन्छिन, ‘तस्बिरका लागि पोज दिदा म केही दिन बिरामी परेकी थिए । यस नतिजाप्रति हामी वास्तवमै खुसी छौ ।’ उनले भनिन् ।
गुनासो पछि दिक्क परेका उनका ५१ वर्षीय पति भन्छन, ‘यस्तो स्वभाविक तस्बिरलाई फेसबुकमा राखेर हामीलाई दुःख दिएकोमा पीडा भएको छ । यी तस्बिर वास्तवमै सुन्दर थिए ।
तर फेसबुकले एक सन्देश पठाउदै केल्सीले फेसबुकको कुनै नियम उल्लंघन नगरेको जनाएको थियो । तस्बिरलाई पनि फेसबुकले हटाएको छैन ।
(डेलीमेलको सहयोगमा)