पाकिस्तानमा इज्जतका नाममा एघार सय महिला मारिए

काठमाडौं, चैत २० ,

पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ । पाकिस्तानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो ।
Capture
यसरी इज्जतका नाममा ८८ जना पुरुष पनि मारिएका छन् । वर्ष २०१५ को प्रतिवेदन सार्वजनिक गर्दै आयोगले ८३३ जना महिलाको अपहरण गरिएको पनि जनाएको छ ।

यस्ता अपराधमा संलग्नहरुमाथि कार्वाहीको घटना भने अत्यन्तै न्यून रहेको मानव अधिकार आयोगले जनाएको छ । ९३९ महिला शारीरिक हिंसाको शिकार हुँदा ७७७ महिलाले आत्महत्याको कोशिश गरेको पनि जनाइएको छ ।

यसैगरी मृत्युदण्डको सजायँलाई फेरि लागू गरिएपछि ४७ जना महिला फाँसीका लागि प्रतीक्षा सूचीमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com