कैलालीमा आङ् खस्ने समस्य बढ्दो..

 धनगढी बैशाख ६,

कैलाली जिल्लामा ३० वर्ष उमेरमाथिका महिलाहरूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या बढि  रहेको पाईएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य विभागले कैलालीमा गत माघ २० गतेदेखि चैत २७ गतेसम्म जिल्लाका ६ वटा गाविसमा सञ्चालन गरेको आङ खस्ने समस्या सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएका मध्ये ३० वर्ष उमेरबढीका महिलामा सो समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीकी पब्लिक हेल्थ नर्स तारादेवी तामाङले बताईन् ।

‘पहिलो प्रकारको आङ खस्ने समस्यामा पाठेघर तल झर्दा पाठेघरको बाह्य मुखको हड्डीको भित्री चुच्चोभन्दा तल आइपुग्छ’ आइतबार अनुमोदनसंग कुरा गर्दै पब्लिक हेल्थ नर्स तारादेवीले भनिन्– पाठेघरको बाह्य मुख योनीद्वारसम्म आइपुग्नु यस समस्याको दोस्रो चरण हो ।

उनका अनुसार समस्याको तेस्रो चरणमा पाठेघरको बाह्य मुख योनीद्वारभन्दा बाहिर निस्किन्छ । त्यस्तै चौथो चरणमा पाठेघर पूरै योनीद्वार बाहिर आइपुग्छ । यो समस्यास“गै अगाडिपट्टिको पिसाब थैली र पछाडिपट्टिको आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ ।

दोस्रो चरणको आङ खस्ने समस्यासम्म अवस्था हेरी चुरा (रिङ पेसरी) लगाएर ठिक गर्न सकिने र तेस्रो चरणदेखिको समस्यालाई शल्यक्रियाको जरुरत पर्ने उनले बताईन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले कैलालीको महोन्याल, सुगरखाल र लालबोझीमा तथा स्वास्थ्य विभागले गोदावरी, चुहा र बौनिया गाविसमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ती शिविरमा चार सय आठ जना महिलाले उपचार गराएकोमा ४४ जना महिलालाई शल्यक्रिया गर्नुपर्ने र ८२ जना महिलामा रिङप्रेसर राखिएको उनले बताइन् ।

नर्स तारादेवीका अनुसार महोन्याल शिविसमा ६५ जनाले सेवा लिएकोमा सात जनालाई शल्यक्रिया गर्न ल्याइएको र १३ जनामा रिङप्रेसर राखिएको छ । त्यस्तै, सुगरखालमा ६९ जनाले सेवा लिएकोमा १३ लाई शल्यक्रियाका लागि ल्याइएको र नौ जनामा रिङप्रेसर राखिएको छ भने लालबोझीमा ९० जनाले सेवा लिएकोमा छ जनालाई शल्यक्रिया र १२ जनामा रिङप्रेसर राखिएको छ ।

त्यस्तै, गोदावरी गाविसमा ६५ जनामध्ये १२ जनालाई शल्यक्रियाका लागि ल्याइएको छ भने २० जनामा रिङप्रेसर राखिएको छ । त्यस्तै, चुहा शिविरमा उपचारका लागि आएका ५३ महिलामध्ये पा“च जनालाई शल्यक्रिया गर्नुपर्ने र सात जनामा रिङप्रेसर राखिएको छ । बौनिया शिविरमा उपचार लिन आएका ६६ महिलामध्ये छ जनालाई शल्यक्रिया गर्नुपर्ने र १५ जनामा रिङप्रेसर राखिएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सानो उमेरमा विवाह गर्ने, उमेर नपुगी सुत्केरी हुने,  सुत्केरी अवस्थामा गरुङ्गो काम गर्ने महिलामा बढिजसो आङ खस्ने समस्या देखिने गरेको उनले बताइन् ।

त्यस्तै, वर्षेनी बच्चा जन्माउने, सुत्केरी अवस्थामा स्याहार नपाउने, पोषणयूक्त खाना नपाउने लगायतका समस्याले पनि महिलामा आङखस्ने समस्या बढेको उनले बताइन् ।_हेल्थ न्युज;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com