चेपाङ केन्द्रलाई सोलार सहयोग

शिशिर सिंखडा
रत्ननगर २० चैत्र,

पूर्वी चितवनको रत्ननगर १०, मंगलपुरमा रहेको गाँमवेशीको चेपाङ संरक्षण केन्द्रलाई सोलार बत्ती सहयोग गरिएको छ । उर्जा समाज नेपालको सहयोगमा केन्द्रमा रहेका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सो बत्ती हस्तान्तरण गरिएको हो ।
Capture
केन्द्रमा आज शनिबार आयोजित कार्यक्रममा उर्जा समाज नेपालका अध्यक्ष बासु ढुङ्गानाले ६ वटा सोलार बत्ती केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ प्रशासकीय अधिकृत एवम् केन्द्रका सल्लाहकार रामकुमार अर्याल, उद्योग वाणिज्य संघ रत्ननगरका महासचिव एवम् केन्द्रका सल्लाहकार देवेन्द्र कुमार श्रेष्ठ, उर्जा समाज नेपाल एवम् मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुङ्गाना, पञ्चतेज ज्योती रा.प्रा.वि. का प्रधानाध्यापक राम बहादुर मगर, चक्रपाणी अधिकारी, रमेशबाबु वाग्ले लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका विकट पहाडी बस्तीका १ सय ४१ जना चेपाङ बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com