घुँडा दुख्ने समस्याको समाधान..

 एजेन्सी चैत्र २९,

अस्त–व्यस्त जीवनशैलीका कारण घुँडा र जोर्नी दुख्ने समस्या सबैमा देखिन्छ ।

डाक्टरहरु यसको कारण ज्वाइन्ट काट्र्रिज (एक प्रकारको लिक्विड) सकिनुलाई भन्छन् । 

यस्तो अवस्थामा ज्वाईन्ट रिप्लेसमेन्टको सल्लाह दिइन्छ । तर, अब चाँडै यस्तो नयाँ पद्धति प्रयोगमा आउँदैछ । लाला लाजपत राय मेमोरियल मेडिकल कलेजका चिकित्सकहरुले औषधिबाटै यसको उपचार हुने तथ्य पत्ता लगाएका छन् ।

यसका लागि मुसामा गरिएको प्रयोग सफल रहेको रिपोर्टमा उल्लेख छ । अब विरामीहरुलाई पनि यो औषधि खुवाइँदैछ । औषधिमा हरेक दिन १० देखि १५ रुपैयाँ मात्रै खर्च हुनेछ । यो औषधिले ८० प्रतिशत भन्दा बढी सफलता हात पारिसकेको छ । यो औषधिमाथि मेडिकल साइन्ससँग जोडिएका कैयौ संस्थाहरुले पनि आँखा लगाएका छन् ।

मेडिकल कलेजका हड्डी रोग विभागाध्यक्ष डा. ज्ञानेश्वर टांकको नेतृत्वमा डा. रविकान्तले विशेष किसिमका ६४ मुसा (एल्विनो रैट)माथि यो शोध गरेका थिए । करिब एक वर्षसम्म सोध चलेको थियो । यसमा मोलेजन–२ पैपटाइड र डाएसैरिन औषधि उपयोगी देखिएको छ । दुबै औषधिको तीन देखि ६ महिनासम्म नियमित सेवन गरे ज्वाइन्ट काट्र्रिज बन्न सुरु गर्छ । यसले ८० प्रतिशत अवस्थामा ज्वाइन्ट रिप्लेसमेन्टको आवश्यकतालाई पुरा गरिदिएको छ ।

शोधकर्ताहरुका अनुसार यदि आँस्टियो आर्थराइटिसका विरामीको सुरुआतमै पहिचान हुनसके यो औषधि एकदमै उपायोगी हुनेछ ।
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com