जहाँ महिलाहरु विवाहपश्चात पनि परपुरुषसँग सम्बन्ध राख्छन...

 एजेन्सी बैशाख १२,

सदियौदेखि दुनियाँलाई पुरुषले चलाउँदै आएका छन् भने महिलाहरुले हरेक संस्कार र परम्परा मान्दै आएका छन् ।

तर, पश्चिमी अफ्रिाकाको नाइजेरिया देशको एक जनजाति समुदायको परम्परा सुन्दा अचम्मै लाग्छ । यहाँ महिलाहरु आफ्नो इच्छा अनुसार कुनैपनि काम गर्नसक्छन् । कुनै रोकटोक छैन् । बरु पुरुषहरु महिलाको निगरानीमा हुन्छन् । यस्तो अनौठो परम्परा नाइजेरियाका तुआरेग नामको जनजातिमा रहेको पाइन्छ । यो समुदाय पूर्णरुपमा महिला प्रधान छ ।

यहाँ महिलाहरुको विहे भन्दा पहिला कैयौ पुरुषसँग यौन सम्बन्ध राख्ने अनुमति हुन्छ । उनीहरु आफ्नो इच्छाअनुसार कुनैपनि पुरुषसँग विहे गर्न सक्छन् । यति मात्रै होइन विहेपछि उनीहरु कुनैपनि परपुरुषसँग खुलेयाम यौन सम्बन्ध राख्न सक्छन । युवाहरुले यसको ठिक उल्टो जवान हुनेवित्तिकै आफ्नो अनुहार समाजसँग लुकाएर राख्नुपर्छ । यो त्यहाँको नियम हो । तुहागो जनजातिका महिलाहरु जहिले पनि चाहे भने श्रीमानलाई सधैका लागि छाड्न सक्छन् । यहाँ विहे र सम्बन्ध विच्छेद महिलाको हातमा हुन्छ ।

अचम्मको कुरा त के छ भने तुआगो समुदायमा सम्बन्ध विच्छेद गर्नेबेला महिलाहरुले जे चाह्यो त्यो माग्न पाउँछिन् । समाचार अनुसार यो पनि नियम छ कि महिलाले कुनै बुर्का लाउनुपर्दैन् किनकि उनको अनुहार पुरुषले देख्नुपर्छ । यहाँ ठूला ठूला निर्णयहरु लिदा पुरुषहरुले महिलाको अनिवार्य अनुमति लिनुपर्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com