पाठेघर संक्रमण उपचारमा जोड

 जनकपुरधाम, २९ चैत ,

नेपाल परिवार नियोजन सङ्घले महिलाको पाठेघरमा देखिएको सङ्क्रमण तथा क्यान्सर रोगको उपचार लिनुपर्नेमा जोड दिएको छ ।

सङ्घको धनुषा शाखाको ३७औं वार्षिक साधारणसभामा सङ्घका केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले सङ्घबाट उपलब्ध सेवा लिएर प्रजनन स्वास्थ्यको रक्षा गर्न आम महिलालाई आग्रह गरिन् ।

शाखाले गत वर्ष एक लाख ९० हजार ५५२ जनालाई यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गरेको थियो ।रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com