'गजल' नयाँ वर्ष शुभकामना


गजल (नयाँ वर्ष) शुभकामना

हर्षभर्दै पीडित ओठमा, मुस्कान ल्याऊ नयाँवर्ष,
हत्या र हिंसा विरुद्धमा, आवाज उठाउ नयाँवर्ष,

बिग्रिसक्यो हाम्रो मुलुक, हानाहान र तानातानले,
सुमार्गको परिचय के हो? सिकाउन आऊ नयाँवर्ष,

रगतले सिचिएको हाम्रो, माटो त्यसै रुखिएछ,
धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँवर्ष,

हरियाली डाडा पाखा, झरनामाथि चौरी गोठ,
पग्लिएको हिमाललाई रोक्न आऊ नयाँ वर्ष,

चर्किदैछ कथा ब्यथा मुर्झिए किन सबै हर्ष,
शौभाग्यको वर्ष छर्दै शान्ती बोकी ल्याऊ नयाँवर्ष,

प्रतिद्धन्दी धेरै भए, धनबिया मुर्ख बर्ग,
सद्भावनाको आँखा खोल्दै थेग्न आऊ नयाँवर्ष,

संसारभरि भाग्न लागे, जागरिला युवा हातहरु,
उन्नतिको वर्षा छर्दै,युवालाई रोक्न आऊ नयाँवर्ष

निशा अर्याल
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com