गजल By,मानन्धर अभागी
हामी म¥यौं भने छैनन् हाम्रा पछि रुनेहरू
लावारिस हाम्रो लाश छैनन् उठाउनेहरू
आफ्ना सवै पराई भो वरु पराई आफ्नो भो
हाँस्ने सिवाय रोएर छैनन् आँशु पुछ्नेहरू
के गर्दैछौं हामीहरू कसको लागि गर्दैछौं
कस्तो अभिशाप ! छैनन् हामीलाई वुझ्नेहरू
सरकार जो आफै हाम्रो जस्तै हालत छ
कसलाई पोखुँ हामी छैनन् गुनासो सुन्नेहरू
हामी म¥यौं भने छैनन् हाम्रा पछि रुनेहरू
लावारिस हाम्रो लाश छैनन् उठाउनेहरू ।
मानन्धर अभागी