गजल By, मानन्धर अभागी
न कात्रोमा खल्ती हुन्छ न ढुकुटी घाटमा
मरेपछि त्यो सम्पत्ति लि जाँदैन साथमा
दान धर्म कर्म गरे गरीवको आशिष लाग्छ
पूण्य गरे स्वर्ग पुग्छौ मान्नु मेरो वातमा
कति मात्र कमाउँछौँ धेरै धनी हुँदा पनि
मार्छ कि भन्ने डर तनाव हुन्छ रातमा
चुलो चौका मर्दा पर्दा पानी त्यो वारावार
भेदभाव गरेर त्यो फाइदा के जात भातमा
न कात्रोमा खल्ती हुन्छ न ढुकुटी घाटमा
मरेपछि त्यो सम्पत्ति लि जाँदैन साथमा ।
मानन्धर अभागी