एजेन्सी चैत्र १८,
आर्थिक संकटको सामना गरिरहेको कजाखिस्तानका एक आयल कम्पनीका मालिक (टाइकुन)ले आफ्ना छोराको विहेमा ६६०० करोड रुपैयाँ खर्च गरेका छन् । यसलाई विश्वकै सबैभन्दा महंगो विहे मानिएको छ ।

मन्टी बिलियनेयर मिखाइल गुस्तेरीवका छोरा सईद गुस्तेरीवले खादिजा उजहाखोवासँग विहे गरेका थिए । यो विहे रुसको राजधानी मस्कोमा २६ मार्चमा भएको हो । दुलाहाका पिता मिखाइल गुस्तेरीव कजाखिस्तानको सबैभन्दा ठूलो आयल र मिडिया कम्पनीका मालिक हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति ६.३ बिलियन डलर छ । छोरा सईद गुस्तेरीवको उमेर २८ वर्ष मात्रै भएको छ ।
उनले अक्सफोर्ड युनिवर्सिटीमा अध्ययन गरेका छन् । अहिले उनी पिताको विजनेस सम्हालिरहेका छन् । नवदुलही खादिजा उजहाखोवाको उमेर २० वर्ष पुगेको छ । उनी मस्को युनिवर्सिटीबाट मेडिकल कोर्स गरिरहेकी छिन् । विहेमा उनलाई पेरिसमा खरिद गरिएको १६ लाखको गहना उपहार दिइएको थियो । उनले डायमण्ड (हिरा)को क्राउन पनि लगाएकी थिइन् । समाचार अनुसार विहेको डिनर पार्टीमा प्रस्तुति देखाउन लागि हलिउडकी चर्चित गायिका जेनिफर लोपेज र एनरिक सहभागी थिए ।

पाटी राखिएको स्थल बाहिर सयौ रोयल कार थिए । ६०० पाहुनालाई युरोपियन खाना खुवाइएको थियो । पाटीमा विशाल केक पनि अर्डर गरिएको थियो । विहे मस्कोको लग्जरी रेस्तरा र बैंक्किट प्लेस साफिसामा भएको थियो । पुरै भेन्युलाई ताजा फूलहरुले सजाइएको थियो ।