कोहि हुनुहुन्छ हाम्रो कार्यलाई जग्गा दान गर्ने ?

नेपालमा अनाथबालबालिकाको क्षेत्रमा अप्रत्याशिलो कार्य हामी गरेर पुर्याईदिन्छौ ।

# को पुर्ब को पश्चीम को उत्तर को दक्षिण समग्र देश प्रेमी नेपाली दाजुभाई दिदी बहिनिहरुको आफ्नै स्वामित्वमा रहेको एक साझे परोपकारी अभियान होस् !

# जहाँ आफुहरुले स्वैच्छिकले गरेको सानो सानो सहयोगको अम्सले पनि कहि कतै दुरुपयोग नगराई सहि ढङ्गले समाजमा दिनहिन अनाथ बालबालिकाहरुको उत्थानको लागि उचित काम गर्न सकेको होस् ।

# कोहि ब्यक्ती बिशेष प्रधान नभयर सबै समान र एकै हैसियतमा रहने र जस्को योग्दान उसैलाई श्रेय मिल्ने गरि अभियानले आफ्नो कार्य बिस्तार गर्दै लगेको होस् !

# कोहि देसि बिदेशि प्रभुको मुख नताकी, घुडा नटेकी पुर्ण स्वाभिमानका साथ आफै आफै परोपकारी मन भयका नेपालिहरु बाट सन्चालित अभियान जस्मा जो-सकेको सानो सानो योग्दानले पनि अप्त्यारिलो र नसोचेको काम गरि समाजमा उदाहरण बन्न सकेको होस् ।
# नेपालका अनाथ बालबालिकाहरुले कसैको पनि आसा, दया र कृपाको भरमा मात्र बाच्नु नपरि पुरापुर हक र अधिकार सम्पन्न भयको आफ्नै एक साझे घर र त्यस घरमा आफ्नै अबिभाबक सरह हुने परिवारजनक सदस्यहरु रहेको होस् र जहाँ सयौको संख्या भन्दा माथिका अनाथ बालबालिकाहरुको लागि दिर्घकालिन संरक्षण दिलाउन सकियोस् ! जसले गर्दा अबिभाबक नभयका बालबालिकाहरुले अबिभाबकको माया ममता पुरै पाउन सकुन् । हाम्रो तात्पर्य आजका हाम्रा कोहि पनि बालबालिका साहारा बिहिन भयर भोकै नाङ्गै कसैले पनि मर्नु नपरोस् र सिक्षाको उज्यालो ज्योती बाट कोहि पनि बन्चित हुनु नपरोस् ।

# जुन यस्तो अभियान होस् जहा नेपालका सबै जात जाती, सबै भाशा भाशी सबै लिङ्ग र सबै सम्प्रदायका देस प्रेमी नेपालिहरुलाई एकै मालामा समेट्न सकियको होस !

# जुन यस्तो अभियान होस् जहाँ स्वच्छ, निस्पक्षिय र पुरापुर पार्दर्सिताको साथ काम गर्दै गयर आज छिन्न भिन्न भयर टुटेको हाम्रो समाजलाई एकतामा जोड्न सक्ने सन्देश र प्रेरणा यश अभियानले दिन सक्ने गरि समग्र नेपालभरिकै परोपकारिको क्षेत्रमा साचै नै एक असल कार्य गर्न सकियको होस् ! हो हामी त्यही चाहान्छौ ... अस्तब्यस्त राजनितिले डुबायको हाम्रो देस जहाँ नीति नियम र सुशासनको कुनै पालना छैन । ठुलोले सानोलाई सधै हेप्छ, सक्नेले नसक्नेलाई दमन मात्र गर्छ । जसको बर्शच्व छ उसैको मात्र राज्य चल्छ । सोझा सिधा निमुखा सधै पीडितको पीडित सधै गरिबको गरिब । ई त भय गुणासाको कुरा... हामी चाहादैनौ परोपकारको खोल ओडेर कुनै राजनिती गर्न वा कुनै नाम सम्मान प्रतिस्ठा बटुल्न । हामी चाहादैनौ दुख कस्ट बाट खाई नखाइ कमायर दियको पैसालाई दुरुपयोग गरि त्यस्लाई आफ्नो स्वार्थमा परिपुर्ती गर्न । हामी चाहादैनौ अरुको योग्दान बाट आफ्नो प्रतिस्ठा जमाउन ।

हामी चाहादैनौ आज सुरुवाती गरेर भोलि टुङ्याउन पनि । हामी त चाहान्छौ यस अभियानलाई दीर्घकालीन बनाउन । हामी हरेकले आफ्नो हरेक महिनाको सानो सानो पारिश्रमिक छुट्यायर तिनिहरुको लागि जिउने आधार बनाउन र तिनिहरुको जिबनमा तात्विक बदलाब ल्याउन । हामी चाहान्छौ, आज हामी कोहि परदेशमा हौला कोहि श्वदेश्मा हौला, कोहि अलि धेरै कमाउला कोहि थोरै कमाउला त्यो आफ्नो ठाउमा छ । तर हामी सजिलै परिश्रम गरेर बाच्न सक्ने हरुले सधै अरुको भरमा बाच्न बाध्य भयका, कोहि नभयका र केही नभयका असाह्यहरुको हामी सच्चा अबिभाबक बन्न सकौ । हामी बाट स्वइच्छाले दिइयको सानो सानो सहयोगले पनि तिनिहरुको लागि दिर्घकालिन बाच्ने आधार बनाउन सकौ । त्यसैले त हामिले गत २०७० साल असार ६ गते दक्षिण कोरिया बाट पारम्भ गरियको यश अभियान आज कोरिया, नेपाल, अमेरिका, ईज्राईल, साउदी, मलेसिया हुँदै विभिन्न देशहरुमा बिस्तार हुने क्रम जारी छ ।

यश अभियानमा सहयोग गर्ने बाहेकै आज सम्म ७४ जना अभियन्ता साथिहरु जोडिईसक्नु भयको छ भने यसै गरि अरु जोडिने क्रम पनि जारी नै छ । अझ हामी चाहान्छौ यस अभियानमा बिस्वको कुना कुनामा पुर्यायर परोपकारी क्षेत्रमा एक गौरब गर्न लायक कार्य गर्न सकौ । र फेरि दोहोर्‍याउन चाह्यौ यश अभियानमा कुनै ब्यक्ती बिशेष प्रधान नभयर अभियानका समग्र सबै अभियन्ता साथिहरु आफै सम्स्थापक र आफै भोलियन्टर हुन् । यश अभियानको गतिबिधी तथा कार्यक्रमहरुमा समय हुने र भ्याउने साथिहरुको एक ब्यबस्थापन टिम बनेर काम भैरहेकोछ जसले गर्दा आज सम्म तलबी दियर कसैलाई राख्नु परेको छैन ।

र भोलिको दिनमा पनि शेल्टर निर्माण भय पछि अत्यावश्यक ठाउमा मात्र आबस्यक कर्मचारी मात्र राखि बाकी यसरी नै चलाउने छौ । जसले गर्दा तलबिको रुपमा हुने बढी खर्चले त्यस्ता अरु केही बालबालिकालाई संरक्षण दिलाउन सकियोस् । नेपालका अनाथबालबालिकाहरुको खोजी उद्दार तथा दिगो संरक्षण हाम्रो अभियान र अनाथको लागि सेवक नेपाल भन्ने जस्ता नारा लियर सुरु भयको अभियान हाल आयर "सेवक नेपाल" नाम लियर दर्ता पनि भैसेको छ । तर भन्नै पर्ने हुन्छ अभियान स्थापना भयको दुई बर्ष बितिसक्यो, सम्स्था दर्ता भयको पनि ६ महिना बितिसक्यो तर पनि केही मात्रका अनाथ बालबालिकाहरुलाई नर्मल छात्रवृत्ति बाहेक मुख्य काम गर्न सकेका छैनौ कारण हामी सग सेल्टर छैन ।

सेल्टर निर्माणको लागि आबस्यक जग्गा छैन र जग्गा मिलिहाले पनि सेल्टर निर्माणको लागि आबस्यक रकम समेत छैन । हामी सग प्रष्ट भिजन छ, लगाब प्याप्शन छ गर्ने चाहाना र उदेश्य पनि छ तर एउटै आर्थिक अप्रयाप्तिका कारण अझै काम भने बन्न सकेको छैन । "NO EXCUSE" लाई आधार मानी अब पनि हामी यस्ता बहाना बाजि गरेर टार्ने भने छैनौ । अहिले हामी सग केही मौज्दात रकम पनि छ र तत्काल केही समय बाटै "पारम्भ आफै बाट" भन्ने भनाईलाई आत्मासाथ गर्दै हाम्रा अभियन्ता साथिहरुले सेल्टर निर्माणर्थ अभियान पनि पारम्भ गर्दै हुनुहुन्छ । जहाँ सम्म लाग्छ यश बाट राम्रै रकम संकलन हुन सक्ने सम्भबना छ । र अबको एक बर्षमा आबस्यक जग्गाको खोजी गरि सेल्टर निर्माण गर्ने योजना राखेकाछौ ।

अझै पनि जग्गा मिलेन भने चाहिँ हामिलाई औधी गार्हो हुन सक्छ तर पनि काम भने कदापी रोक्ने छैनौ । त्यसैले पनि यदि कोहि त्यस्ता मनकारी ब्यक्ती हाम्रो समजामा हुनुहुन्छ र समाजमा असल कामको चाह राख्नु हुन्छ भने हाम्रो कार्यलाई जग्गा दान गर्नुहोस् तपाईको आफ्नै नाममा श्रेय रहने गरि सम्स्थाले तपाईको योग्दानको उचित कदर तथा मुल्यांकन राख्नेछ । हामिलाई जग्गा मुख्य सहरमा पनि हुनु परेन, काठमाडौ भ्याली भित्रै हुनु पर्छ पनि भन्दैनौ । नेपालको जुनसुकै क्षेत्रमा भय पनि हुन्छ तर जहा अति दुर्गम यरिया बाहेक बिकाशका पुर्बधारकुराहरु भने सबै प्रयाप्ती भयको ठाउँ हुनु पर्छ । माथी भनी नै हाल्यौ बाटो, बत्ती, पानी, स्कुल, हस्पिटल जस्ता सबै पुर्बाधारको पहुच भयको अन्दाजी ३ देखि ५ रोपनी जग्गाको आबस्यकता हामिलाई छ ।

जग्गाको क्षेत्रफल फराकिलो हुनुपर्छ भन्नको कारण जहाँ सम्स्थाको सम्पुर्ण सम्रचना बनाउन सकियोस र बाकी बचेको जगामा तरकारी खेती गरि तर्कारिमा हुने खर्चमा जोगाउन सकियोस् भन्ने हाम्रो चाह हो । यदि कोहि मनकारी ब्यक्ती हउनुहुन्छ भने नेपालको कार्यलयमा गयर यश बारेमा सिधै सम्पर्क गर्न सक्नु हुनेछ अथवा फोन मार्फत जानकारी लिन/दिन चाहानु हुन्छ भने यश अभियानको अभियन्ता (अध्यक्ष) हुनुहुन्छ श्री पुर्ण बहादुर खड्का "गोकुल" ज्यु +9779851093954 निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ । अथवा राय सल्लाह सुझाब या सम्स्थाको बारेमा थप जानकारी लिन चाहानु हुन्छ भने info@sewaknepal.org मा ईमेल गर्न सक्नु हुनेछ । अन्तमा यश निउज पढिसके पछि कुनै न कुनै प्रतिकृया पक्कै जनाउनु हुनेछ भन्ने आसा राखेकाछौ । हजुर जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ नेपाली भयर, नेपाली रहेर बाच्ने प्रयन्त गर्नुहोस । .....धन्यबाद !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com