आनी छोइङले राष्ट्रसंघको महासभामा शान्तिको गीत गाउने

काठ्माण्डौ, फागुन २० ,

 संयुक्त राष्ट्रसंघको महासभामा आनी छोइङ डोल्माले गीत गाउने भएकी छिन् । महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएकी आनी छोइङले ‘अन्तर्राष्ट्रिय खुशी दिवस’ को अवसरमा विश्वमाझ भजन र आध्यात्मिक गीत गाउने भएकी हुन् ।

७ चैत्रमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक नेपाली गायिकाको स्वर सुनिने भएको छ। आनीले भजन र आध्यात्मिक गीत सहित मन्तब्य पनि दिनेछिन् ।

खुशी आर्थिक समृद्धिको महत्वपूर्ण अंग भएको भन्दै राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई खुशी दिवसको रुपमा मनाउँदै आएको छ।

“राष्ट्रसंघमै गएर शान्तिको आह्वान गर्न पाउनु मेरा लागि अवसर र उत्साह दुवै हो”, युनिसेफकी सद्भाव दूतसमेत रहेकी आनी छोइङ भन्छिन्।
उनको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि हुनेछन्।एभरेस्ट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com