अमेरिकी पूर्व राष्ट्रपतिका पत्नी रेगनको निधन

काठमाडौं, फागुन २४ ,

 अमेरिकी पूर्व राष्ट्रपतिका पत्नी नेन्सी रेगनको ९४ बर्षको उमेरमा निधन भएको छ ।

रेगनको हृदयघातका कारण निधन भएको हो । पूर्व अमेरिकी फस्र्ट लेडीका नामले परिचित नेन्सी रेगनको क्यालिफोर्नियास्थित आफनै निवासमा निधन भएको हो ।

सन् १९८१ देखि १९८९ सम्म फस्र्ट लेडीका रुपमा रहेकी नेन्सी रेगन अमेरिकी राष्ट्रपति भवनको संरचनामा बढी खर्च गरेकोमा बिबादमा तानिनुभएको थियो । एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com