जकार्ता, फागुन १९ ,
इन्डोनेसियामा परपुरुषसँग घुम्न गएको भन्दै एक महिलालाई सार्वजनिक स्थलमा दण्ड दिइएको छ । १९ वर्षीय ती महिलालाई २१ वर्षीय पुरुषसँग एक्लै घुम्न गएको आरोपमा सार्वजनिक स्थलमा कुटिएको हो ।
मुखुण्डो लगाएका एक व्यक्तिले ती महिलालाई घुँडा टेकाएर लौरोले हिर्काएका थिए । उक्त दृष्य हेर्नका लागि स्थानीयको भीड लागेको थियो ।
ती महिलासँगै घुम्ने पुरुष पनि सजायको भागिदार बनेका छन् । उनीहरुसहित १८ जनालाई इस्लामिक कानुनविपरीत गतिविधि गरेको आरोपमा सजाय दिइएको थियो ।
आचेह प्रान्तमा मंगलबार दिइएको यस्तो सजाय त्यहाँको ‘शरीया कानुन’ अन्तर्गत मानिए पनि मानवअधिकारवादीहरुले विरोध गर्दै आएका छन् ।
बन्दा आचेह प्रान्तमा भ्यालेन्टाइन डे मनाउन पनि रोक लगाइएको थियो । शरीया कानुन अनुसार सो प्रान्तमा महिलालाई आफ्नो पतिसँगबाहेक राति ११ बजेपछि मनोरञ्जनस्थलमा प्रवेश गर्न पनि रोक लगाइएको छ । एजेन्सी;