विनेसास इजरायल शाखाले चौथौं बार्सिकोत्सव मनाउँदै 'मताना' मुक्तक संग्रह कोकार्पण गर्यो


तेलअभिव (इज़रायल) चैत्र ७,

प्रवासमा रहेर पनि नेपाली भाषा साहित्यलाइ जगेर्ना गर्ने हेतुले विगत चार वर्षदेखि सक्रिय रुपमा लागीपरेको सँस्था विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यहि मार्च ११( 11-03-2016 ) शुक्रबार साँझ चौथो वार्षिक उत्सव तथा "मतना" (उपहार ) नामक मुक्तक संग्रह लोकार्पण र इजरायलका लागी नेपाली राजदुत श्री महामहिम प्रल्हाद कुमार प्रसाई ज्यू लाई इजरायल शाखा तथा केन्द्रको तर्फबाट अभिनन्दन पत्रले सम्मान कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ I

उक्त कार्यक्रम विश्व नेपाली साहित्य ...महासंघ इजरायल शाखा कि अध्यक्ष श्रीमति सावित्रा लुइँटेल घिमिरे ज्यू को सभापतित्वमा भएको थियो भने इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यतामा पानसमा दिप प्रज्ज्लन गरि कार्यक्रमको शुभआरम्भ गरिएको थियो ,साथमा उहाँकी धर्मपत्नी सिता प्रसाईं ज्यू,को पनि उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो
 कार्यक्रमको कार्यतालिका वारेमा सस्थाकी कार्यकारिणी सक्रिय सदस्य श्रीमती रजनी शर्मा ज्यू ले जानकारी गराउनु भएको थियो I

पहिलो चरणको औपचारिक कार्यक्रम यसै सस्थाका बरिस्ठ उपाध्यक्ष श्री दिपेन्द्र थापा ज्यूले कुशलता पुर्वक संचालन गर्नु भएको थियो भने दोस्रो चरण को कार्यक्रम सस्थाका सचिव श्री गणेश गौतम "सागर" ज्यू ले कुशलतापुर्वक संचालन गर्नु भएको थियो Iकार्यक्रममा यसै सस्थाकी सह -सचिव श्रीमती कल्पना पौडेल (जिज्ञासु ) ज्यू ले आमन्त्रित तथा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो भने शुभकामना मन्तव्य संस्थाकी महासचिव श्रीमती सानु गुरुङ ज्यू ले राख्नु भएको थियो I

त्यसै गरी सस्थाको बार्षिक गतिविधि तथा संस्थाका भावीकार्ययोजनाको बारेमा संस्थाकी कार्यकारिणी सदश्य श्रीमती समाकार्यकारिणी सदश्य श्रीमती समा श्री राउत ज्यू ले जानकारी गराउनु भएको थियो I

उक्त कार्यक्रममा विभिन्न संघ सस्था,संगठन र मिडिया कर्मी हरुको भब्य उपस्थित रहेको थियो
सस्थाका कार्यकारिणी पदाधिकारी ज्यू मात्रै नभएर "मताना" नामक मुक्तक संग्रह भित्र समावेस हुनुभएका ३६ जना महिला सर्जकहरुको पनि उलेखनीय उपस्थिति रहेको थियो भने साहित्य अनुरागी महानुभावहरुको पनि बाक्लो उपस्थितिले कार्यक्रमको रनक झनै बढाएको थियो I

कार्यक्रमका अतिथि एनआरएन इजरायल अध्यक्ष श्री दिपक ओली, ज्यू र सँस्थाका सल्लाहकार श्री कृष्ण रायमाझी ज्यू ले छोटो मिठो रुपमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो I

महामहिम प्रल्हाद कुमार प्रसाईं ज्युको हातबाट संस्थाले प्रकाशन गरेको सयुंक्त मुक्तक संग्रह मतनाको बिमोचन गर्दै मुक्तक संग्रह भित्र समावेस रहनुभएका सम्पूर्ण सर्जक हरु को नामावली सहित यस संस्थामा आबद्ध हुनुहुनेनयॉ सदस्यहरुलाई बधाई, शुभकामनाको साथै प्रमाण पत्र प्रदान गर्नुभएको थियो I

  दोस्रो चरण को कार्यक्रम मा संस्थाका सचिव गणेश गौतम (सागर ) ज्यू र साथिहरु बाट स्वागत गीत गाइएको थियो भने कार्यक्रमको बीच बिचमा धेरै नै साहित्य अनुरागीमहानुभाव हरुले मिठा मुक्तक, गजल ,कविता प्रस्तुत गरिएको थियो मिठो वाचन शैलीले कार्यक्रममा अझ बढी रौनकता थपेको थियो Iप्रमुख अथितिको मन्तब्य तथा कार्यक्रमको समिक्षा राख्दै कार्यक्रमका प्रमुख अतिथि महामहिम प्रल्हाद कुमार प्रसाई ज्यू ले पछिल्लो समयमा नेपाली साहित्यमा मुक्तक फस्टाएको र आफुलाई पनि साहित्य अत्ति नै मन पर्ने बताउदै साहित्य प्रतिको झुकाव र प्रगति देखेर आफु निक्कै हर्षित भएको व्यक्त गर्दै भोलिका दिनहरुमा पनि यस्तै धेरै साहित्यिक प्रगतिको गर्दै जाओस भन्दै विश्व नेपाली साहित्य माहासंघ इजरायल शाखाले आफुलाई अभिनन्दन गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो भने आफु र आफ्नो धर्म पत्निको तर्फबाट संस्थालाई उत्तरोत्तर प्रगतीको शुभकामना गर्नु भएको थियो I

कार्यक्रमको अध्यक्षता गर्नु भएकी संस्थाकी अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यू ले कार्यक्रमको समिक्षा तथा शुभकामना मन्तव्य राख्दै आजको कार्यक्रम सभ्य र भव्य रुपमा सफल पार्नका निमित्त उपस्थित हुनुभएका सम्पुर्णअतिथिहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा पनि यहाँ हरुको साथ सहयोगको अपेक्षा सस्थालाई रहिरहने बताउनु भएको थियो भने साथै हल व्यवस्थापनमा आर्थिक र भौतिक सहयोग गर्दिनु भएकोमा तमु समाज इजरायललाइ यहाहरुको अमुल्य सहयोगको उच्च कदर गर्दै विश्व नेपाली माहासंघ इजरायल शाखाको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गर्दछौ
कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यू हरु प्रति अमुल्य साथ अनि आ-आफ्नो जिम्मेवारी कार्यभार निभाउनु भएकोमा खुशी ब्यक्त गर्दै संस्थाका सम्पूर्ण टिम लाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो !
सानु गुरुङ
( महासचिब ) एवं
विश्व नेपाली साहित्य माहासंघ इजरायल शाखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com