१९ वर्षको उमेरमै अरबपति

एजेन्सी
न्युयोर्क, २२ फागुन ,

नर्वेकी १९ वर्षीया एलेक्जेन्ड्रा एन्डरसन संसारकै कम उमेरकी अर्बपति बनेकी छिन् । फोब्र्स पत्रिकाले भर्खरै कम्तीमा एक अर्ब डलर सम्पत्ति भएका व्यक्तिको नयाँ सूची जारी गरेको छ जसमा एलेक्जेन्ड्राको नामसमेत अटेको छ । उनका पिता जोहान एफ एन्डरसन सुर्ती व्यापारी हुन्। 

कसरी बनिन् अर्बपति ? 
फोब्र्सको सूचीमा एलेक्जेन्ड्रा आफ्नी २० वर्षीया दिदी क्याथरिनसँग १४ सय ७५औँ स्थानमा छिन् । तर, १९ वर्ष उमेर भएकाले उनी सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् । 

फोब्र्सका अनुसार उनको कुल सम्पत्ति एक अर्ब २१ करोड डलर छ । सुर्ती व्यापारी जोहानले सन् २००७ मा फर्ड होल्डिंग्स कम्पनीको ८० प्रतिशत सेयर आफ्ना दुवै छोरीको नाममा गरिदिएका थिए । 

को हुन् एलेक्जेन्ड्रा ? 
एलेक्जेन्ड्रा प्रोफेसनल घोडसवार हुन् । उनी जर्मनीमा बस्छिन् । उनी आफ्नो अधिकांश समय घोडासँग बिताउँछिन् । उनले युरोपियन युनियन राइडर्स च्याम्पियनसिपमा धेरैपटक पुरस्कार जितेकी छिन् । उनका २४ वर्षीय केटासाथी जोआचिम टोलफसेन प्रोफेसनल ‘मिक्स्ड मार्सलआर्ट फाइटर’ हुन् । ए

क अन्तर्वार्तामा एलेक्जेन्ड्राले भनेकी थिइन्, ‘जबसम्म म कम्पनीका लागि आफैँ मिहिनेत गर्दिनँ, तबसम्म यो सम्पत्ति मेरो हुन सक्दैन ।’ 

फर्ड कम्पनीको इतिहास ,
फर्ड कम्पनीको सुरुवात सन् १७७८ मा पारिवारिक व्यवसायका रूपमा सुरु भएको थियो । यो नर्वेको सबैभन्दा ठूलो चुरोट निर्माता कम्पनी थियो । 

तर, सन् २००५ मा कम्पनीद्वारा सुर्तीको व्यवसाय ५० करोड डलरमा बेचियो र यो पैसा प्रोपर्टी व हेज फन्डमा लगानी गरियो । अहिले यो समूह नर्वेको रियल इस्टेट क्षेत्रमा काम गर्छ । यसको अर्को कम्पनीले स्विक्स खेल उपकरणको उत्पादन गर्छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com