म्यान्मार, पाँच दशक पछि सुकीलाई सफलता

एजेन्सी, २ चैत ,

म्यानमारको संसद्ले पाँच दशक लामो सैन्य शासनपछि पहिलो पटक गैरसैनिक नागरिकलाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको छ ।

नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)का नेता ७० वर्षीय टिन क्यावलाई संसद्ले नयाँ राष्ट्रपतिमा चयन गरेको हो । क्याव म्यानमारको प्रजातान्त्रिक आन्दोलनकी नेतृ आङ सान सुकी निकट नेता हुन् ।

उनले संसद्मा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पराजित गरे । सैनिक नेतृत्वले उठाएका एक र एनएलडीका अर्का उम्मेदवारलाई पराजित गर्दै क्याव राष्ट्रपतिमा विजयी भएका हुन् ।

संसद्मा खसेको जम्मा ६५२ मध्ये क्यावले ३ सय ६० मत प्राप्त गरे । सेनाले उम्मेदवार बनाएका मिन्ट स्वेले दोस्रो स्थान प्राप्त गरेका छन् । उनी अब पहिलो उपराष्ट्रपति बन्ने छन् भने तेस्रो स्थानमा पुगेका एनएलडी नेता हेनरी भ्यान थिवोले दोस्रो उपराष्ट्रपति बन्ने छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com