एक बेसार उपयोग अनेक…

काठमाण्डौ चैत्र १३,

बेसारमा कीटाणु मार्ने शक्ति पनि हुन्छ । पचाउने र रक्तसञ्चार प्रक्रियामा पनि यसले मद्दत पू¥याउँछ । बेसारलाई घाउ, सुन्निएको ठाँउ र रुघाखोकीमा घरेलु औषधिको रुपमा प्रयोग गरिन्छ । ताजा, सुकेको र पाउडर बनाएर बेसारको प्रयोग गरिन्छ ।
besar
सुकेको अदुवामा बेसार मिलाएर लेदो बनाउने र त्यसलाई तताएर दुुखेको ठाउँमा लगाउँदा दुखेको ठीक हुन्छ । घाँटी दुख्दा तातो पानीमा एक चम्चा बेसार मिसाएर पिउँदा घाँटी दुखेको निको हुन्छ ।

दाँतबाट रगत आउँदा, गिँजा पाक्दा बेसारको धुलोमा अलिकति नुनमा मिसाएर औंलाले हलुका तरिकाले दाँतमा दिनको दुई पटक मसाज गर्दा यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । बेसारको धुलोसँगै तातोपानीमा मह राखेर खानाले रुघाखोकी ठीक हुन्छ । बेसार औषधिका रुपमा मात्र होइन सौन्दर्य प्रसाधनकोे सामग्रीका रूपमा पनि प्रख्यात छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com