पटकपटक गर्भपतन गराउनुको जोखिम !

फागुन २२

आजभोली पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् ।

अध्ययनले पटकपटक अवोर्सन गराउनेमध्ये १६ देखि २४ उमेर समूहका १८ दशमलव ६ प्रतिशत र ३५ देखि ४८ वर्ष उमेर समूहका करिब ५० प्रतिशत रहेको देखाएको छ । तीमध्ये एउटा मात्रै बच्चा भएका महिलाको दर १३ दशमलव ७ प्र्रतिशत र दुई वा दुई भन्दा बढी बच्चा भएका महिलाको दर ४२ दशमलव ६ प्रतिशत छ ।

अनुसन्धानले एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा स्वास्थ्यका कारणले परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको देखाएको  छ ।
एकभन्दा बढी पटक गर्भपतन गराउनेमा सहरीया शिक्षित वर्ग नै अगाडि छ । महिलामा साधनबारे जानकारी नहुँदा, समयमा गर्भनिरोधक औषधि नखाँदा, साधनको नकारात्मक असरको डर र परम्परागत विधि अपानाउँदा अनिच्छित गर्भ रहनेको सख्या बढ्दै गएको हो । गर्भपतन गरेपनि यसको खतराबारे जानकारी कमैलाई छ ।
यस्ता छन् खतरा
पाठेघर प्वाल पर्ने
 पाठेघरको संक्रमण
 अत्याधिक रक्तश्राव
 पाठेघर टाँसिने
 पाठेघर कुहिने
 पाठेघर खुम्चने
 निसन्तान
 पाठेघर फुट्ने
 कतिपय अवस्थामा ज्यानै जान सक्ने
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com